सोमबार, वैशाख १४, २०८३

तीन महिनामा ६ जनालाई गोहीले खायो

यहाँका अधिकारीहरूले दिएको जानकारीअनुसार ती नागरिक यहाँको किबाहा जिल्लाको एक नदी किनारमा कामका सिलसिलमा पुगेका बेला नदी किनारमा उनीहरूलाई गोहीले आक्रमण गरेको हो।
 |  सोमबार, वैशाख ५, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख ५, २०७९

दार एस सलाम- तान्जानियामा यो वर्ष सुरू भएपछिको पहिलो तीन महिनामा एक नदी छेउमा कम्तीमा ६ जनालाई गोहीले खाएको छ।

National life

यहाँका अधिकारीहरूले दिएको जानकारीअनुसार ती नागरिक यहाँको किबाहा जिल्लाको एक नदी किनारमा कामका सिलसिलमा पुगेका बेला नदी किनारमा उनीहरूलाई गोहीले आक्रमण गरेको हो।

सो जिल्लाका प्रहरी अधिकारीले दिएको जानकारीअनुसार यसै वर्षको जनवरीदेखि मार्चसम्ममा ती नागरिकलाई गोहीले आक्रमण गरेको थियो। यहाँको किमारासिले गाउँका प्रमुख सालुम बुंगोले त्यस गाउँका नागरिकलाई यसअघि पनि गोहीले आक्रमण गरी घाइते बनाउने गरेको थियो।

बुंगोले आफ्ना बुबा पनि गोहीको आक्रमणमा परेको बताए। उनले गोहीले आक्रमणमा परी मृत्यु भएका ६ जनामध्ये आफ्ना पिता पनि एक भएको बताए। उनले यहाँका नागरिकले गोहीबाट हुने यस प्रकारको हमलाबाट सुरक्षाका लागि सरकारसँग आग्रह गरिरहेका पनि जानकारी दिए।     सिन्ह्वा

प्रकाशित: Apr 18, 2022| 13:31 सोमबार, वैशाख ५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।