शुक्रबार, फागुन २२, २०८२

चीनको सांघाईमा कोरोनाबाट तीन जनाको मृत्यु

कोरोना भाइरस संक्रमणबाट चीनको सांघाईमा तीन जनाको मृत्यु भएको छ।
 |  सोमबार, वैशाख ५, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख ५, २०७९

kumari

काठमाडौं- कोरोना भाइरस संक्रमणबाट चीनको सांघाईमा तीन जनाको मृत्यु भएको छ। सांघाई सहरमा लकडाउन लागू भएपछि संक्रमणका कारण पहिलो पटक तीन जनाले ज्यान गुमाएका हुन्।

समाचार एजेन्सी एएफपीका अनुसार आइतबार तीन जनाको मृत्यु भएको हो। अस्पताल भर्ना भएका तीनै जनाको अवस्था नाजुक रहेको बताइएको छ।

स्वास्थ्यकर्मीहरूले निकै जनाको अवस्था निकै जटिल बन्दै गएसँग बचाउन नसकिएको जनाएका छन्। सांघाई प्रशासनका अनुसार ज्यान गुमाउने तीनै जना ८९ देखि ९१ वर्ष उमेर समूहका रहेका थिए। उनीहरू अन्य रोगबाटसमेत ग्रसित रहेको बताइएको छ।

प्रकाशित: Apr 18, 2022| 11:11 सोमबार, वैशाख ५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।