शुक्रबार, फागुन २२, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • कर्जा स्वीकृत गर्ने थप उपायबारे श्रीलंकाले आईएमएफसँग निर्णायक छलफल गर्ने

कर्जा स्वीकृत गर्ने थप उपायबारे श्रीलंकाले आईएमएफसँग निर्णायक छलफल गर्ने

श्रीलंका सरकारले आइतबार ऋणदाताबाट कर्जा स्वीकृत गर्ने थप उपायबारे छलफलका लागि अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) मा एक प्रतिनिधिमण्डल पठाएको छ।
 |  सोमबार, वैशाख ५, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख ५, २०७९

कोलम्बो- श्रीलंका सरकारले आइतबार ऋणदाताबाट कर्जा स्वीकृत गर्ने थप उपायबारे छलफलका लागि अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) मा एक प्रतिनिधिमण्डल पठाएको छ। 

वित्त मन्त्री अली सबारीको नेतृत्वमा रहेको उक्त प्रतिनिधिमण्डलमा केन्द्रीय बैंकका गभर्नर नन्दलाल विरासिङ्हे पनि रहेका छन्। 

प्रतिनिधिमण्डलले आईएमएफ मुख्यालयको भ्रमण गर्ने र अबको केही दिनमा छलफल गर्ने छ। साबेरीले स्थानीय सञ्चार माध्यमलाई बताए अनुसार छलफल सफल भयो भने आर्थिकरूपमा सङ्कटग्रस्त श्रीलङ्कामा आईएमएफबाट लगभग चार अर्ब अमेरिकी डलर प्राप्त गर्ने आशा गरिएको छ। 

श्रीलंका गम्भीर आर्थिक संकटको सामना गर्दै आएको छ र विदेशी सञ्चिति दुई अर्ब डलरभन्दा तल रहेको छ। श्रीलङ्काको वित्त मन्त्रालयले मंगलबार आईएमएफद्वारा समर्थित व्यवस्थित र सहमति पुनर्गठन कार्यक्रम नराख्दासम्म सरकारले प्रभावित सबै कर्जाको सामान्य ऋण सेवालाई अस्थायी अवधिको लागि रोक्ने निर्णय गरेको बताएको छ। 

प्रकाशित: Apr 18, 2022| 04:30 सोमबार, वैशाख ५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।