सोमबार, वैशाख १४, २०८३
  • गृहपृष्ठ
  • विदेश
  • शरिफ सरकारले सहयोग प्याकेज पुनः प्राप्त गर्न आईएमएफसँग पुनः वार्ता गर्ने

शरिफ सरकारले सहयोग प्याकेज पुनः प्राप्त गर्न आईएमएफसँग पुनः वार्ता गर्ने

पाकिस्तानको अर्थतन्त्र कमजोर अवस्थामा पुगेको भन्दै यहाँका प्रधानमन्त्री शेहबाज सरिफ नेतृत्वको नयाँ सरकारले सोमबारदेखि अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) सँग पुनः वार्ता गर्ने निर्णय गरेको अधिकारीहरूलाई उद्धृत गर्दै स्थानीय सञ्चारमाध्यमले आइतबारे जानकारी दिएका छन्।
 |  सोमबार, वैशाख ५, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख ५, २०७९

इस्लामावाद- पाकिस्तानको अर्थतन्त्र कमजोर अवस्थामा पुगेको भन्दै यहाँका प्रधानमन्त्री शेहबाज सरिफ नेतृत्वको नयाँ सरकारले सोमबारदेखि अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) सँग पुनः वार्ता गर्ने निर्णय गरेको अधिकारीहरूलाई उद्धृत गर्दै स्थानीय सञ्चारमाध्यमले आइतबारे जानकारी दिएका छन्। 

National life

यस पहिलेको इमरान खान सरकारले ऊर्जाको मूल्य घटाएको र देशको अर्थतन्त्रलाई प्रभावित पारेको भन्दै छ अर्ब अमेरिकी डलरको आईएमएफ कार्यक्रम रोकिएको थियो। 

हालै प्रधानमन्त्री निर्वाचित शरिफले आईएमएफसँग यी निर्णायक वार्ताको नेतृत्व गर्ने नयाँ संघीय क्याबिनेट र वित्त मन्त्रीका बारेमा निर्णय गर्न बाँकी रहेकाले आईएमएफ वार्ताको वरिपरि थप अनिश्चितता देखिएको छ।

यस पहिले वार्ता रोकिएको बिन्दुबाट आईएमएफ अधिकारीहरूसँग छलफल सुरु हुने पाकिस्तानी अधिकारीले बताएका छन्। 

वार्तापछि पाकिस्तानले आईएमएफ कार्यक्रमको पुनः स्थापनाको औपचारिक घोषणा गर्नेछ। स्रोतका अनुसार उक्त वार्ता अनुदान, आममाफी र नयाँ सर्तमा केन्द्रित हुने अपेक्षा गरिएको जनाइएको छ। 

kumari

स्रोतका अनुसार आगामी वार्तामा सरकारी उच्च अधिकारीहरु सहभागी हुने निर्णय अनौपचारिक रूपमा गरिसकिएको छ।


प्रकाशित: Apr 18, 2022| 05:00 सोमबार, वैशाख ५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।