सोमबार, वैशाख १४, २०८३

नेपाल र अफगानिस्तानको दुई मैत्रीपूर्ण खेल मे २५ र २९ मा

एएफसी एसियन कप २०२३ को छनोट प्रतियोगिताको तयारी अन्तर्गत नेपालले अफगानिस्तानसँग दुई मैत्रीपूर्ण खेल खेल्ने भएका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा) ले मैत्रीपूर्ण खेलबारे आइतबार जानकारी दिएको हो।
 |  आइतबार, वैशाख ४, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख ४, २०७९

काठमाडौं- एएफसी एसियन कप २०२३ को छनोट प्रतियोगिताको तयारी अन्तर्गत नेपालले अफगानिस्तानसँग दुई मैत्रीपूर्ण खेल खेल्ने भएका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा) ले मैत्रीपूर्ण खेलबारे आइतबार जानकारी दिएको हो।

National life

'नेपालले मैत्रीपूर्ण खेलका लागि अफगानिस्तानसँग सम्पर्क गरेका थिए। अफगानिस्तानले आइतबार मैत्रीपूर्ण खेलको पुष्टि गरेको छ,' एन्फाले सूचनामा लेखेको छ।

मैत्रीपूर्ण खेल मे २५ र २९ मा कतारमा हुनेछ। प्रतियोगिताका लागि राष्ट्रिय टोली अहिले बन्द शिविरमा छ।

नेपाल छनोटको समूह ए मा जोर्डन, कुवेत र इन्डोनेसियासँग छ। नेपालको खेल भने जुन ८ मा जोर्डनसँग खेल्नेछ भने जुन ११ मा कुवेतसँग खेल्नेछ। अन्तिम खेल १४ जुनमा इन्डोनेसियासँग हुनेछ। सबै खेल कुवेतमा हुनेछन्।

प्रकाशित: Apr 17, 2022| 19:47 आइतबार, वैशाख ४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।