सोमबार, वैशाख १४, २०८३

कोरोना परीक्षण अब सासबाट पनि, तीन मिनेटमै नतिजा

अमेरिकामा मानिसको सासबाट कोरोना परीक्षण गर्ने विधिले अनुमति पाएको छ।
 |  आइतबार, वैशाख ४, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख ४, २०७९

National life
kumari

काठमाडौं– अमेरिकामा मानिसको सासबाट कोरोना परीक्षण गर्ने विधिले अनुमति पाएको छ। त्यहाँको खाद्य तथा औषधि प्रशासन (एफडीए)ले आपतकालीन प्रयोगका लागि यो प्रविधिलाई अनुमति दिएको हो।

सासबाट कोरोना परीक्षण गर्ने ब्रेथलाइजर मोबाइल वा घुम्ती परीक्षणमा प्रयोग गर्न प्रभावकारी हुन सक्ने एफडीएले जनाएको छ। यसको प्रयोगबाट ३ मिनेटमै नतिजा प्राप्त हुने बताइएको छ।

अध्ययनअनुसार यस विधिबाट ९१ प्रतिशत सही नतिजा निस्किएको छ। कोरोनाको पछिल्लो भेरियन्ट  ओमिक्रोनमा पनि सोही किसिमको नतिजा देखाएपछि एफडीएले प्रयोगको अनुमति दिएको हो। यद्यपि, पोजेटिभ देखिएका व्यक्तिको भने थप पुष्टि गर्नलाई पीसीआर विधिबाट थप परीक्षण गर्नुपर्ने प्रावधान राखिएको छ। 


प्रकाशित: Apr 17, 2022| 15:35 आइतबार, वैशाख ४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।