म्यानमार- म्यानमारी सैन्य सरकारले पर्यटकलाई घुम्ने अनुमति दिएको छ। पछिल्लो दुई वर्षयता पहिलोपटक म्यानमारले पर्यटन भिसाका लागि अनुमति दिन सुरु गरेको हो।
कोभिड महामारीपछि बढ्न सुरु गरेको पर्यटन उद्योग सैन्य शासनको पुनरावृत्ति भएपछि पर्यटकलाई अनुमति दिन बन्द गरिएको थियो।
यद्यपि सरकारको घोषणापछि पनि धेरै पर्यटक म्यानमार आउनेमा शंका व्यक्त गरिएका छन्। सेनाले सत्ता हातमा लिएपछि नागरिकले त्यसको विरोध गरिरहेका छन्। सैन्य सरकार आएपछि त्यहाँको अर्थव्यवस्था नराम्ररी प्रभावित भएको बताइएको छ।
म्यानमारमा चिनियाँ पर्यटक बढी हुने गरेका छन्। कोभिड महामारी पछि चीनले आफ्नो देशका सीमा बन्द गरेको थियो। यसको असर म्यानमारमा परेको छ। म्यानमारमा हुने अन्तर्राष्ट्रिय उडान पनि उल्लेख्य रूपमा घटेको छ। चीनका आधिकारिक वेबसाइटमा अझै पनि म्यानमारले भिसा जारी गर्न रोक लगाएको सूचना दिइएको छ।
उता म्यानमारी विपक्षी दल र ट्राभल एजेन्सीहरूले म्यानमारको यात्रा नगर्न सुझाव दिएका छन्। गत वर्ष फेब्रुअरी १ मा म्यानमारी सेनाले देशको सत्ता हातमा लिएको थियो।