शुक्रबार, फागुन २२, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • हनुमान जयन्ती द्वन्द्व : दिल्ली पुलिसले १४ जनालाई समात्यो

हनुमान जयन्ती द्वन्द्व : दिल्ली पुलिसले १४ जनालाई समात्यो

उत्तर पश्चिम दिल्लीको जहांगीरपुरीमा हनुमान जयन्तीको जुलुसमा भएको हिंसापछि १४ जनालाई दिल्ली पुलिसले पक्राउ गरेको छ।
 |  आइतबार, वैशाख ४, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख ४, २०७९

काठमाडौं– उत्तर पश्चिम दिल्लीको जहांगीरपुरीमा हनुमान जयन्तीको जुलुसमा भएको हिंसापछि १४ जनालाई दिल्ली पुलिसले पक्राउ गरेको छ।

शनिबार साँझ दुई समुदायबीच भएको झडपमा ढुंगामुढा भएको र केही सवारीसाधनमा आगजनीसमेत भएको प्रहरीले जनाएको छ। त्यस्तै हिंसाको क्रममा प्रहरी सहायक निरीक्षकलाई समेत गोली लागेको एक वरिष्ठ अधिकारीले बताए।

प्रहरी सहआयुक्त उषा रंगनानीले शनिबार धारा ३९७ (हत्याको प्रयास, १२० बी (आपराधिक षड्यन्त्र), १४७ (दंगा) र भारतीय दण्ड संहिता र हतियार ऐनका अन्य सम्बन्धित धाराहरू अन्तर्गत मुद्दा दर्ता भएको बताइन्। अहिलेसम्म नौ जनाविरुद्ध मुद्दा दर्ता भएको छ।

ती नौ जानको मुद्दा दर्ता भएपछि थप थप पाँच जनालाई पक्राउ गरिएको प्रहरीले जनारकारी दिएको हो। झडपमा आठ प्रहरी र एक सर्वसाधारणसहित नौ जना घाइते भएका थिए। 

यो द्वन्द दुई धार्मिक समुदायबीचको हो। दिल्लीको उत्तर पश्चिमी क्षेत्रमा रहेको जाहान्गिरीपुरीमा शनिबार साँझ छ बजेतिर यो द्वन्द्व सुरु भएको थियो। त्यतिबेला केहि मानिसले सडक र सवारीमा ढुंगामुढा गरेका थिए। केहि स्थानियका अनुसार हनुमान जयन्तीको दिन साँझ ५ बजेर ४० मिनेटबाट द्वन्द्व सुरु भएको हो। त्यहाँनेर जुलुसको ठूलो आवाज सुनिएको थियो।

kumari

त्यो ध्वनी अन्य धार्मिक समुदायको छेउमा पुगेको थियो, जहाँ प्रार्थना गर्न मानिसहरु भेला भएका थिए। त्यस्तै र्यालिसहित त्यहाँ पुगेका मानिसहरुले चर्को नाराबाजी गर्ने, संगीत बजाउने र धार्मिकस्थलमा झण्डा फहराउने प्रयास गरेका थिए। त्यसपछि द्वन्द्व सुरु भएको थियो। तर त्यहि दिन बिहान सोहि ठाउँबाट हनुमान जयन्तीको र्याली शान्तिपूर्वक गएको थियो।

अर्को पक्षले भने यो कुरालाई झुटो भएको बताएका छन्। उनीहरुले हनुमान जयन्तीको र्यालीलाई प्रभाव पार्ने गरी यी काम भएको बताएका छन्। अर्को पक्षको भनाइ के छ भने शान्तिपूर्वक आउँदै गरेको र्यालीलाई ठूलो संगीत बजाएर रोक्न खोजेपछि द्वन्द्व भएको हो। घटनाबारे पुलिसले साँझ सवा छ बजे जानकारी पाएको थियो भने सात बजे पुलिस फोर्स बोलाएपछि प्रहरी द्वन्द्व रोक्न सफल भएको थियो।

प्रकाशित: Apr 17, 2022| 13:25 आइतबार, वैशाख ४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।