शुक्रबार, फागुन २२, २०८२

भारतमा पुन: कोरोना संक्रमण दर बढ्दो

भारतमा पछिल्लो समय पुन: कोरोना संक्रमण दर बढ्दै गएको छ। पछिल्लो २४ घण्टामा भारतमा कोरोनाका १ हजार १ सय ५० नयाँ संक्रमित फेला परेका छन्।
 |  आइतबार, वैशाख ४, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख ४, २०७९

काठमाडौं- भारतमा पछिल्लो समय पुन: कोरोना संक्रमण दर बढ्दै गएको छ। पछिल्लो २४ घण्टामा भारतमा कोरोनाका १ हजार १ सय ५० नयाँ संक्रमित फेला परेका छन्।

सोही समयमा संक्रमणबाट चार जनाको मृत्यु भएको छ। भारतमा कोरोना संक्रमितको कूल संख्या ४.३० करोडभन्दा बढी पुगेको छ 

नोयडा र गाजियाबादको विद्यालयका धेरै विद्यार्थीमा कोरोना संक्रमण देखिन थालेको छ। 

भारतको स्वास्थ्य मन्त्रालयका अनुसार शनिबार ९ सय ७५ जना संक्रमित थपिएका थिए। तर, दिल्लीलगायतका केही क्षेत्रमा भने संक्रमण दर बढेको छ। 

दिल्लीमा गत २४ घन्टामा मात्रै तीन सय ६६ मा संक्रमण देखिएको छ। दिल्लीमा कोभिड संक्रमण दर ०.५ प्रतिशतबाट बढेर ३.९५ प्रतिशत पुगेको छ।

kumari

प्रकाशित: Apr 17, 2022| 09:52 आइतबार, वैशाख ४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।