सोमबार, वैशाख १४, २०८३
  • गृहपृष्ठ
  • विदेश
  • रुस-युक्रेन द्वन्द्वका क्रममा २५ सय युक्रेनी सैनिकको मृत्यु भएको दाबी

रुस-युक्रेन द्वन्द्वका क्रममा २५ सय युक्रेनी सैनिकको मृत्यु भएको दाबी

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अहिलेसम्म २५ सय देखि तीन हजारसम्म युक्रेनी सैनिकको मृत्यु भएको दावी गरेका हुन्।
 |  आइतबार, वैशाख ४, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख ४, २०७९

किभ- रुस र युक्रेनका बीचमा अहिले भइरहेको द्वन्द्वका क्रममा अहिलेसम्म २५ सयभन्दा बढी युक्रेनी सैनिकको मृत्यु भएको दावी गरिएको छ। 

National life

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अहिलेसम्म २५ सय देखि तीन हजारसम्म युक्रेनी सैनिकको मृत्यु भएको दावी गरेका हुन्।

सिएनएनसँगको कुराकानीका क्रममा शुक्रबार उहाँले दिएको जानकारी अनुसार अरु १० हजार भन्दा बढी युक्रेनी राष्ट्र सेवक घाइते भएका छन्। 

घाइते मध्ये कतिपयको अवस्था गम्भीर रहेको र उनीहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको पनि उनले बताए। मृतक तथा घाइतेहरूलाई देशको रक्षाका लागि गरेको योगदानको प्रशंसा गर्दै उनले सिंगो युक्रेन आफ्नो रक्षाका लागि प्रतिबद्ध रहेको उल्लेख गरे।

झण्डै दुई महिना अगाडि रुसले युक्रेनमाथि आक्रमण गरेकोमा विश्वभरबाट विरोध भइरहेको छ। सुरुमा केही चरण दुई पक्षका बीचमा वार्ता भएपनि सहमति हुन नसकेपछि अहिले वार्ता पनि हुन छाडेको छ। 

kumari

अन्तर्राष्ट्रिय समुदायले भने तत्काल वार्ता मार्फत आपसी विवाद समाधान गरी युद्ध अन्त्य गर्न आग्रह गर्दै आएका छन्।

प्रकाशित: Apr 17, 2022| 05:30 आइतबार, वैशाख ४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।