शुक्रबार, फागुन २२, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • फिलिपिन्समा बाढी र पहिरोमा परी मृत्यु हुनेको संख्या १४८ पुग्यो

फिलिपिन्समा बाढी र पहिरोमा परी मृत्यु हुनेको संख्या १४८ पुग्यो

फिलिपिन्समा आएको आँधी मेगीका कारण पहिरो र बाढी आउँदा मृत्यु हुनेको संख्या १ सय ४८ पुगेको छ।
 |  शनिबार, वैशाख ३, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, वैशाख ३, २०७९

काठमाडौं- फिलिपिन्समा आएको आँधी मेगीका कारण पहिरो र बाढी आउँदा मृत्यु हुनेको संख्या १ सय ४८ पुगेको छ। फिलिपिन्समा आएको शक्तिशाली आँधीमा परी हजारौं विस्तापित हुन पुगेका छन्।

धेरै मानिसहरू अझै हराइरहेका र उनीहरू जीवित पाइने आशा न्युन रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।

मेगीबाट सबैभन्दा प्रभावित लेटेको मध्य प्रान्तमा विनाशकारी पहिरोले खेती र माछा मार्ने समुदायका थुप्रै घर भत्किएका छन्।

प्रकोपले ग्रस्त यस क्षेत्रलाई सन् २०१३ मा ‘सुपर टाइफून हाइयान’ ले प्रत्यक्ष प्रभावित परेसहित यहाँ हरेक बर्ष आँधीले तहसनहस पारेको छ। 

प्रकाशित: Apr 16, 2022| 06:28 शनिबार, वैशाख ३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।