शुक्रबार, फागुन २२, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • फिलिपिन्समा पहिरो र बाढीका कारण मृत्यु हुनेको सख्या १४८ पुग्यो

फिलिपिन्समा पहिरो र बाढीका कारण मृत्यु हुनेको सख्या १४८ पुग्यो

फिलिपिन्समा आएको आँधी मेगीका कारण पहिरो र बाढी आउँदा मृत्यु हुनेको सङ्ख्या बिहीबार १४८ पुगेको छ। यस वर्ष फिलिपिन्समा शक्तिशाली आँधीले केही दिनमा हजारौैंलाई विस्थापित गरेको छ।
 |  शुक्रबार, वैशाख २, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख २, २०७९

मनिला- फिलिपिन्समा आएको आँधी मेगीका कारण पहिरो र बाढी आउँदा मृत्यु हुनेको सङ्ख्या बिहीबार १४८ पुगेको छ।  यस वर्ष फिलिपिन्समा शक्तिशाली आँधीले केही दिनमा हजारौैंलाई विस्थापित गरेको छ। 

धेरै मानिसहरू अझै हराइरहेका र उनीहरू जीवित पाइने आशा क्षीण बनेको छ। मेगीबाट सबैभन्दा प्रभावित लेटेको मध्य प्रान्तमा विनाशकारी पहिरोले खेती र माछा मार्ने समुदायका थुप्रै घरहरू भत्काएको छ। 

प्रकोपले ग्रस्त यस क्षेत्रलाई सन् २०१३ मा ‘सुपर टाइफून हाइयान’ ले प्रत्यक्ष प्रभावित परेसहित यहाँ हरेक बर्ष आँधीले तहसनहस पारेको छ। जलवायु परिवर्तनको कारण विश्वव्यापी तापमान वृद्धि हुँदै गएपछि वैज्ञानिकहरूले यहाँ अझ शक्तिशाली आँधी आउने चेतावनी दिएका छन्। 

अबियोग नगरपालिकाका विपत् व्यवस्थापन कर्मचारीले मङ्गलबार गएको पहिरोले बगाएको पिलारको तटीय गाउँबाट शुक्रबार पनि दर्जनौ शवहरू पुरिएको अवस्थाबाट निकालेका बताइएको छ। 

अबुयोग मेयर लेमुएल ट्रेयाले एएफपीसँग १०० भन्दा बढी हराइरहेका र अरू कसैलाई जीवित भेट्टाउने आशा मरिसकेको बताए। 

kumari

प्रकाशित: Apr 15, 2022| 22:30 शुक्रबार, वैशाख २, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।