शुक्रबार, फागुन २२, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • दक्षिण अफ्रिकमा बाढीका कारण ३९५ को मृत्यु, ४१ हजार प्रभावित

दक्षिण अफ्रिकमा बाढीका कारण ३९५ को मृत्यु, ४१ हजार प्रभावित

दक्षिण अफ्रिकामा बाढीका कारण ३९५ जनाले ज्यान गुमाएका छन्।
 |  शुक्रबार, वैशाख २, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख २, २०७९

जोहानेसबर्ग- दक्षिण अफ्रिकामा बाढीका कारण ३९५ जनाले ज्यान गुमाएका छन्। बाढीका कारण ठूलो जनधनको क्षति भएको भन्दै राष्ट्रपति सिरिल रामफोसाले बाढी पीडितका नाममा प्रार्थना गर्न नागरिकलाई आग्रहसमेत गरेका छन्। 

चर्चको भाषणको क्रममा राष्ट्रपति रामाफोसाले दक्षिण अफ्रिकामा बाढीले ग्रस्त मानिसहरूका लागि प्रार्थना गर्न आह्वान गरेका हुन्। 

दक्षिणपूर्वी तटीय शहर डर्बान र वरपरका इलाकाहरूमा विपत्ति आएको ५ दिनपछि पनि उद्धारकहरूले दर्जनौंको खोजी कार्य जारी राखेका छन्। अहिलेसम्म ३९५ जनाको मृत्यु भएको सरकारले पुष्टि गरेको छ।

'हामी क्वाजुलु–नेटाल (प्रान्त) का हाम्रा नागरिकहरूको लागि प्रार्थना गरौं ताकि उद्धारकर्ताले उनीहरूलाई सकुशल उद्धार गर्न सकून्,' उनले भने, 'यो बाढी हाम्रो देशमा हामीले पहिला कहिल्यै नदेखेको ठूलो अनुपातको विपत्ति हो, यति धेरै मानिसहरू मर्न सक्छन्।'

रामफोसाले बाढी प्रभावित क्षेत्रमा पुगी केटाकेटीलगायत १० जना सदस्य गुमाएको परिवारका सदस्यलाई भेटी समवेदना प्रकट गरेका हुन्। स्थानीय टेलिभिजन नेटवर्कमा प्रत्यक्ष प्रसारण गरिएको कार्यक्रममा बोल्दै राष्ट्रपतिले उनीहरूलाई भने, 'राष्ट्रपतिको हैसियतमा समेत मैले अनुभव गरेको सबैभन्दा दुःखको क्षण यही हो। पीडितहरूका नातेदार, आफन्तहरूले अनुभव गरेको पीडा र दुःख वर्षौंसम्म रहनेछ। किनभने तिनीहरूमध्ये केहीले भर्खरै आफ्ना परिवारका सदस्यहरूलाई उद्धार गर्न असमर्थ भएको देखेका छन्।'

kumari

यो साता आएको बाढीले करिब ४१ हजार मानिसलाई प्रभावित बनाएको छ।

प्रकाशित: Apr 15, 2022| 20:19 शुक्रबार, वैशाख २, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।