शुक्रबार, फागुन २२, २०८२

विषालु च्याउ खाँदा भारतमा १३ जनाको मृत्यु

विषालु च्याउको सेवनले भारतमा १३ जनाको ज्यान गएको छ।
 |  बिहीबार, वैशाख १, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख १, २०७९

काठमाडौं- विषालु च्याउको सेवनले भारतमा १३ जनाको ज्यान गएको छ।

भारतस्थित असममा विषालु च्याउ खाँदा १३ जनाको ज्यान जानुका साथै २२ जना बिरामी परेका भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

असम मेडिकल कलेज एन्ड हस्पिटल (एएमसीएच)का प्रमुख डा. प्रशान्त दिहिंगियाले असमको चार जिल्लामा  विषालु च्याउ खाँदा पछिल्लो केही दिनमा १३ जनाको मृत्यु भएको बताए।

पाँच दिनको अन्तरालमा असमको माथिल्लो भेग चराईदेव, डिब्रूगढ, शिवसागर र तिनसुकिया जिल्लामा विषालु च्याउ खाँदा बिरामी परेका ३५ जनालाई भर्ना गरिएको थियो जसमध्ये १३ जनाको मृत्यु भएको छ। बिरामी भएकाहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको छ।

सोमबार चार, मंगलरबा ९ जनाको मृत्यु भएको बताइएको छ। पीडितहरूले आफ्नो घरमा जंगलबाट ल्याएको च्याउ पकाएर खाएका थिए।

kumari

प्रकाशित: Apr 14, 2022| 12:10 बिहीबार, वैशाख १, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।