शुक्रबार, फागुन २२, २०८२

श्रीलंकाको सरकार प्रदर्शनकारीसँग वार्ता गर्न तयार

प्रधानमन्त्री महिन्दा राजापाक्षेले राष्ट्रपतिको सचिवालय नजिकै निरन्तर प्रदर्शन गर्दै आइरहेका युवा प्रदर्शनकारीहरूसहित वार्ता गर्न सरकार तयार रहेको बुधबार बताएका हुन्।
 |  बिहीबार, वैशाख १, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख १, २०७९

कोलम्बो- श्रीलंकाको सरकार प्रदर्शनकारीहरूसहित वार्ता गर्न तयार भएको छ। 

प्रधानमन्त्री महिन्दा राजापाक्षेले राष्ट्रपतिको सचिवालय नजिकै निरन्तर प्रदर्शन गर्दै आइरहेका युवा प्रदर्शनकारीहरूसहित वार्ता गर्न सरकार तयार रहेको बुधबार बताएका हुन्। 

आन्दोलन गरेर भन्दा पनि वार्ताबाट नै मागहरूको सम्बोधन गर्न र सहमति गर्न सकिने भएकाले वार्तामा आउन पनि उनले आग्रह गरे। मुलुकको आर्थिक संकट तत्काल समाधान गर्न माग गर्दै उनीहरूले प्रदर्शन गरेको बुधबार पाँचौ दिन भएको छ। 

त्यसैगरी देशमा भइरहेको अभाव, महङ्गी, लगायतका समस्या समाधान गर्न पनि उनीहरूले माग गर्दै आइरहेका छन्। 

उनीहरूको आन्दोलनका कारण केही समय देशमा सङ्कटकाल र केही ठाउँमा कफ्‌र्यु समेत लगाइएको थियो। तर अहिले भने हटाएर जनजीवन सामान्य भइसकेको छ। तर आर्थिक संकट भने गहिरिँदै गएको छ। 

kumari

प्रकाशित: Apr 14, 2022| 05:00 बिहीबार, वैशाख १, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।