शुक्रबार, फागुन २२, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • बेइजिङका ८० प्रतिशत ज्येष्ठ नागरिकलाई कोरोनाभाइरस विरुद्धको खोप

बेइजिङका ८० प्रतिशत ज्येष्ठ नागरिकलाई कोरोनाभाइरस विरुद्धको खोप

स्थानीय स्वास्थ्य अधिकारीहरूले दिएको जानकारी अनुसार यो सङ्ख्या ६० वर्षभन्दा माथिल्लो उमेरका जेष्ठ नागरिकहरूको हो।
 |  बुधबार, चैत ३०, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, चैत ३०, २०७८

बेइजिङ- चीनको संघीय राजधानी बेइजिङका ८० प्रतिशतभन्दा बढी जेष्ठ नागरिकलाई कोरोना भाइरस विरुद्धको खोप लगाइ सकिएको छ।  

स्थानीय स्वास्थ्य अधिकारीहरूले दिएको जानकारी अनुसार यो सङ्ख्या ६० वर्षभन्दा माथिल्लो उमेरका जेष्ठ नागरिकहरूको हो।

कुल ३४ लाख ४० हजार जेष्ठ नागरिकले खोप लगाएकोमा २४ लाख ६० हजारभन्दा बढीले बुस्टर डोज खोप लगाएको अधिकारीहरूले जनाएका छन्।

बेइजिङका लागि छ करोड सात लाख ६० हजारभन्दा बढी खोपको व्यवस्था गरिएको पनि प्रान्तीय स्वास्थ्य अधिकारीहरूको भनाई छ। 

यस सहरमा अहिलेसम्म कुल दुई करोड ३० लाखभन्दा बढीले खोप लगाएका छन् । ती मध्ये एक करोड ५४ लाखभन्दा बढीले बुस्टर डोज खोप लगाएका छन्।

kumari

प्रकाशित: Apr 13, 2022| 23:20 बुधबार, चैत ३०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।