शुक्रबार, वैशाख २१, २०८१
  • गृहपृष्ठ
  • समाज
  • मोरङ प्रहरी हत्या प्रकरण : १५ जनालाई प्रतिवादी बनाएर कर्तव्य ज्यान मुद्दा दर्ता

मोरङ प्रहरी हत्या प्रकरण : १५ जनालाई प्रतिवादी बनाएर कर्तव्य ज्यान मुद्दा दर्ता

चैत ६ गते मोरङको लेटाङमा महिला प्रहरीको हत्या प्रकरणमा १५ जनालाई प्रतिवादी बनाएर कर्तव्य ज्यान मुद्दा दर्ता भएको छ।
 |  बुधबार, चैत ३०, २०७८

नेत्र पी अधिकारी

नेत्र पी अधिकारी

बुधबार, चैत ३०, २०७८

विराटनगर- चैत ६ गते मोरङको लेटाङमा महिला प्रहरीको हत्या प्रकरणमा १५ जनालाई प्रतिवादी बनाएर कर्तव्य ज्यान मुद्दा दर्ता भएको छ।  सरकारी वकिल कार्यालयले १५ जनालाई प्रतिवादी बनाएर बुधबार अदालतमा कर्तव्य ज्यान मुद्दा दर्ता गराएको हो।  अभियुक्तमध्ये १० जना पक्राउ परिसकेका छन्। पाँच जना फरार रहेको प्रहरीले जनाएको छ। 

triton college

मोरङको मिक्लाजुङ गाउँपालिका–२ का २१ वर्षीय कान्छा भनिने कृष्ण विश्वकर्मा, लेटाङ नगरपालिका–५ का १९ वर्षीय डम्बर कार्की, २७ वर्षीय विशेक मगर, धनकुटा घर भइ लेटाङ–५ मा बस्दै आएका २० वर्षीय सन्तोष कुँवर, ३२ वर्षीय राजकुमार भनिने कुमारबहादुर खोक्रेल, २० वर्षीय  समीर राई, १८ वर्षीय कपिल नेपाली र २५ वर्षीय मनकुमार महरा, २९ वर्षीय लेखबहादुर मगर र १९ वर्षीय अनिल विश्वकर्मा लगायतविरुद्ध मुद्दा दर्ता भएको छ। 

जिल्ला अदालत मोरङका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले मुद्दाको थप प्रक्रिया अघि बढाउन अभियुक्तहरुलाई वैशाख ४ गते पुनः उपस्थित गराउने गरी फिर्ता पठाइएको बताए। 

लेटाङ घटनामा संलग्न भएको आरोपमा प्रहरीले ६७ जनालाई पक्राउ गरेको थियो। पक्राउ परेकामध्ये १५ जना नाबालकविरुद्ध अभद्र व्यवहारको मुद्दा दर्ता भएको छ। उनीहरुमध्ये १० जनाको बयान अदालतले लिइसकेको छ। 

लेटाङ–५ मा रहेको शिक्षा विकास माध्यमिक विद्यालयमा अध्ययरत छात्रालाई शिक्षक मनोज पौडेलले यौन दुर्व्यवहार गरेको घटना बाहिरिएपछि विद्यार्थी र अभिभावकले गत चैत ६ गते प्रदर्शन गरेका थिए। प्रदर्शन हिंसात्मक झडपमा परिणत हुँदा महिला प्रहरी जवान २६ वर्षीया प्रहरी जवान उर्मिला श्रेष्ठको हत्या भएको थियो। धारिलो हतियार प्रहार गरेर उनको हत्या गरिएको दाबी प्रहरीले गर्दै आए पनि वास्तविकता फरक रहेको पुष्टि भएको छ। 

corrent noodles
Metro Mart

पोस्टमार्टम रिपोर्टले गोली लागेर श्रेष्ठको मृत्यु भएको पुष्टि गरेको छ। प्रदर्शन थप उग्र बनेपछि त्यतिबेला स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गरेको थियो। प्रदर्शनकारीले चलाएको गोली लागेर उनको मृत्यु भएको प्रहरी दाबी छ।

महिला प्रहरीको शरीरमा भेटिएको गोली प्रहरीले प्रयोग गर्ने हतियारसँग ‘म्याच’ नखाएकाले प्रदर्शनकारीले चलाएको गोलीले उनको मृत्यु भएको दाबी गरिएको छ। प्रहरीले गोली हान्ने व्यक्तिलाई पक्राउ र हतियार बरामद गरेको छैन। 

छात्रामाथि दुर्व्यवहारको आरोप लागेका शिक्षक पौडेलविरुद्ध वैशाख ४ गते  जबरजस्ती करणी उद्योगको मुद्दा दर्ता हुने बताइएको छ।

प्रकाशित: Apr 13, 2022| 18:24 बुधबार, चैत ३०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।