शुक्रबार, फागुन २२, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • पाकिस्तानका नयाँ प्रधानमन्त्रीद्वारा नयाँ मन्त्रीहरु नियुक्त

पाकिस्तानका नयाँ प्रधानमन्त्रीद्वारा नयाँ मन्त्रीहरु नियुक्त

सोमबार संसद्बाट प्रधानमन्त्रीमा निर्वाचित भएका शरिफले मंगलबार शपथ ग्रहण गरेपछि नयाँ मन्त्रीहरू नियुक्त गरेका हुन्।
 |  बुधबार, चैत ३०, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, चैत ३०, २०७८

इस्लामावाद- पाकिस्तानका नयाँ प्रधानमन्त्री शेहबाज शरिफले नयाँ मन्त्रीहरू नियुक्त गरेका छन्। सोमबार संसद्बाट प्रधानमन्त्रीमा निर्वाचित भएका शरिफले मंगलबार शपथ ग्रहण गरेपछि नयाँ मन्त्रीहरू नियुक्त गरेका हुन्। स्थानीय सञ्चार माध्यमहरूका अनुसार बिलावाल भुट्टो-जर्दारीलाई नयाँ विदेश मन्त्री बनाइएको छ।

त्यसै गरी आन्तरिक मामिला मन्त्रीको जिम्मेवारी राना सनाउल्लाहलाई र सञ्चार मन्त्रीको जिम्मेवारी मार्यम औराङजाबलाई दिइएको छ।

मन्त्रिपरिषद्मा गठबन्धनमा सहभागी विभिन्न दलको तर्फबाट सिफारिस गरिएका नेताहरूलाई समेटिएको छ। उनको सरकारलाई आफ्नो पार्टीसँगै पाकिस्तान पिपुल्स पार्टी, जमैत उलेमा ए इस्लाम एफलगायतका पार्टीको समर्थन रहेको छ।

तत्कालीन प्रधानमन्त्री इमरान खानले संसद्मा विश्वासको मत प्राप्त गर्न नसकेपछि बाहिरिएकाले शरिफको नेतृत्वमा नयाँ सरकार गठन भएको हो।

उनले सरकारको नेतृत्व गरेसँगै पहिलो निर्णयका रूपमा सरकारी कार्यालयको समय परिवर्तन गरेका छन्। बिहान १० बजेदेखि सुरु हुने सरकारी कार्यालयको सेवा अबदेखि ८ बजे नै सुरु हुने उनले निर्णय गरेका छन्।

kumari

पाकिस्तान मुस्लिम लिग- नवाजका नेता शरिफ पाकिस्तानको २३औँ प्रधानमन्त्रीका रूपमा निर्वाचित भएका हुन्।

विपक्षी दलको नेतृत्व गर्दै आएका ७० वर्षीय शरिफ तीन पटक पाकिस्तानको प्रधानमन्त्री बनेका नवाज शरिफका भाइ हुन्। लाहोरमा जन्मिएका शरिफ यसअघि पन्जाबको मुख्यमन्त्री बनेका थिए।

एएनआई


प्रकाशित: Apr 13, 2022| 09:40 बुधबार, चैत ३०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।