सोमबार, वैशाख १४, २०८३

न्युयोर्कमा गोली चल्दा १० जना घाइते

न्युयोर्कको ब्रुकलिनमा एउटा सबवे रेलभित्र गोली चल्दा कम्तीमा १० जना घाइते भएका छन्।
 |  बुधबार, चैत ३०, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, चैत ३०, २०७८

न्युयोर्क- न्युयोर्कको ब्रुकलिनमा एउटा सबवे रेलभित्र गोली चल्दा कम्तीमा १० जना घाइते भएका छन्। 

National life

घाइते मध्ये पाँच जनाको अवस्था गम्भीर रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा उल्लेख छ।  ब्रुकलिनको सबवे रेलभित्र आक्रमण गर्नुअघि ग्यास मास्क लगाएका आक्रमणकारीले धुवाँको क्यानिस्ट फालेर यात्रुलाई आतंकित तुल्याएका थिए।

बन्दुकधारीहरूले दुई ओटा क्यानिस्टर खोलेपछि सबवेमा धुवा फैलिएको न्युयोर्क सहरका प्रहरी आयुक्त किचान्त सेवेलले बताए। उनले ३६औं स्ट्रीट स्टेसनमा तानिएपछि आक्रमणकारीले धेरै यात्रुलाई गोली हानेको बताएका छन्।

नियोन सुन्तला रंगको भेस्ट र खैरो रंगको स्वेटर लगाएका आक्रमणकारीले हाते बन्दुक प्रयोग गरेको प्रहरीले जनाएको छ। आक्रमण लगत्तै उनी फरार छन्।

प्रकाशित: Apr 13, 2022| 08:25 बुधबार, चैत ३०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।