शुक्रबार, फागुन २२, २०८२

दक्षिण अफ्रिकामा भिषण बाढी, २० को मृत्यु

दक्षिण अफ्रिकामा बाढीका कारण कम्तीमा २० जनाको मृत्यु भएको छ। देशको क्वाजुलु—नाताल प्रान्तमा आएको अत्यधिक वर्षाका कारण बाढी आएपछि उनीहरूको मृत्यु भएको जनाइएको छ।
 |  मंगलबार, चैत २९, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, चैत २९, २०७८

जोहानसबर्ग- दक्षिण अफ्रिकामा बाढीका कारण कम्तीमा २० जनाको मृत्यु भएको छ। देशको क्वाजुलु—नाताल प्रान्तमा आएको अत्यधिक वर्षाका कारण बाढी आएपछि उनीहरूको मृत्यु भएको जनाइएको छ। 

बाढीका कारण अन्य धेरै भौतिक संरचनाहरूको समेत क्षति भएको प्रान्तीय सरकारका उच्च अधिकारीहरूले मङ्गलबार जानकारी दिएका छन्।

उनीहरूका अनुसार मङ्गलबार बिहान कम्तीमा २० जनाको मृत्यु भइसकेको पुष्टि भएको छ भने अरु केही बेपत्ता भएको आशंका गरिएको छ।

घटनास्थलमा खोजी तथा उद्धारको प्रयास भइरहेको स्थानीय प्रहरी अधिकारीहरूले जानकारी दिएका छन्। अत्यधिक वर्षाका कारण सडक सेवा, सञ्चार तथा विद्युत सेवामा समेत समस्या सृजना भएको उनीहरूले जनाएका छन्।

'हाम्रो खोजी तथा उद्धार टोली घटनास्थलमा निरन्तर खटिएको छ, टोलीले खोजी तथा उद्धारको प्रयास गरिरहेको छ भने अवरुद्ध भएका सेवा सुचारु गराउने प्रयास पनि भइरहेको छ,' एक प्रहरी अधिकारीले भने।  

kumari

प्रकाशित: Apr 12, 2022| 23:40 मंगलबार, चैत २९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।