शुक्रबार, फागुन २२, २०८२

बेलायतका प्रधानमन्त्रीलाई प्रहरीले जरिवाना तिराउने

बेलायतका प्रधानमन्त्री बोरिस जोनसनलाई प्रहरीले कारबाही गर्ने भएको छ। लकडाउनका बेलामा नियम उलङ्घन गरेर भोजमा सहभागी भएकोले उहाँलाई कारबाही हुने भएको प्रहरी अधिकारीहरूले जनाएका छन्।
 |  बुधबार, चैत ३०, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, चैत ३०, २०७८

लण्डन- बेलायतका प्रधानमन्त्री बोरिस जोनसनलाई प्रहरीले कारबाही गर्ने भएको छ। लकडाउनका बेलामा नियम उलङ्घन गरेर भोजमा सहभागी भएकोले उहाँलाई कारबाही हुने भएको प्रहरी अधिकारीहरूले जनाएका छन्। 

घटना केही समय अगाडि नै भएको भएपनि प्रहरीले मङ्गलबार मात्रै उहाँ दोषी भएकोले कारबाही गर्नुपर्ने निष्कर्ष निकालेको हो। 

प्रहरीले प्रधानमन्त्री बोरिससँगै एक कुलपति ऋषि सुनाकलाई पनि कारबाही हुने निष्कर्ष निकालिएको जनाएको छ। 

'जोनसन र सुनाकलाई आज कारबाही सम्बन्धी सूचना पठाइएको छ, उहाँलाई जरिवाना गर्ने बारेको सूचना महानगरको प्रहरीले पठाएको हो,' एक सरकारी अधिकारीले भने। 

देशभरी कोरोना भाइरसको महामारी फैलिएकाले लकडाउन लागु भएको बेला सन् २०२० को मे २० मा उनले नियम उल्लंन गरेको प्रहरीको भनाई छ। 

kumari

प्रहरीले जरिवाना तिराउनु पर्ने गल्ती गरेका प्रधानमन्त्रीले तत्काल राजीनामा दिनु पर्ने बेलायतका विपक्षी दलका नेताहरूको भनाई छ। 

प्रमुख विपक्षी दल लेबर पार्टीका नेता केइर स्टारमरले नैतिकताका आधारमा प्रधानमन्त्री जोनसनले राजीनामा दिनु पर्ने उल्लेख गरेका छन्। प्रधानमन्त्री जोनसनले पटक पटक नियम उलङ्घन गरेको उनको आरोप छ। 

प्रकाशित: Apr 13, 2022| 05:00 बुधबार, चैत ३०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।