आइतबार, असार २८, २०८३

जब चालक विहीन 'स्व-चालित' गाडीलाई प्रहरीले रोके

गत सातान्त, क्रुजको गाडी र प्रहरी अधिकारी बिच भएको अनौठो जम्काभेटको भिडियो बाहिर आयो। प्रहरी विभाग र ‘रोबोट्याक्सी’को सो भेट केहि हदसम्म हास्यास्पद रह्यो।
 |  मंगलबार, कात्तिक १४, २०७४

नेपाल समय

नेपाल समय

मंगलबार, कात्तिक १४, २०७४

अमेरिकी स्वचालित ट्याक्सी सेवा प्रदायक कम्पनी 'क्रुज'ले सान फ्रान्सिस्कोमा सार्वजनिक सेवा सुरु गरेको दुई महिना मात्र हुँदैछ। 'जनरल मोटर्स' र 'होन्डा'सँगको सहकार्यमा सञ्चालित क्रुजले सुरुवाती दिनहरुमा निःशुल्क सेवा प्रदान गरेको थियो। 

गत सातान्त, क्रुजको गाडी र  प्रहरी अधिकारी बिच भएको अनौठो जम्काभेटको भिडियो बाहिर आयो। प्रहरी विभाग र ‘रोबोट्याक्सी’को सो भेट केहि हदसम्म हास्यास्पद रह्यो।

प्रहरीले क्रुजको ट्याक्सीलाई 'हेडलाईट' नबालेका कारण रोकेका थिए।

भिडियोमा देखिएको दृश्य अनुसार एक प्रहरी अधिकारीले चालक(विहिन क्रुजलाई रोक्छन अनि त्यसको झ्याल तिर जान्छन्। झ्यालसम्म गएका ती अधिकारी ढोका खोल्ने असफल प्रयास पछि आफ्नो गाडीमा फर्कन्छन्।  स्व(चालित ट्याक्सीले फेरि आफ्नै गति पक्डिन्छ। अब क्रुज र प्रहरी बिच भागम(भाग सुरु हुन्छ भन्ने अनुमान लगाउन सकिन्छ। तर त्यस्तो हुँदैन।

अलि अगाडि पुगेर क्रुज आफै रोकिन्छ। प्रहरी पनि रोकिन्छन्, गाडीबाट ओर्लेर क्रुजको वरिपरि घुम्छन्। सम्भवतः हेडलाईट कसरी चालु गर्ने भनेर पत्ता लगाउन खोजेको हुनुपर्छ।

यस विषयलाई लिएर 'द भर्ज'सँगको कुराकानीमा क्रुजका प्रवक्ताले चालक विहिन गाडीले प्रहरीबाट भागेको नभइ रोक्नलाई सुरक्षित स्थान खोजेको बताए। प्रवक्ता एरन मक्लियरले सान फ्रान्सिस्को प्रहरी विभागका अधिकारीले हेडलाईट नबलेका  कारण क्रुजलाई रोकेको अनि क्रुजले त्यो समस्याको समाधान पनि गरिसकेको पुष्टि गरे।

'प्रहरीले रोक्न खोजेको प्रतिकृयाका अनुरुप क्रुज रोकियो, अनि सुरक्षित स्थानको खोजीमा ट्राफिक स्टपमा गएर अडियो,' एरनले भने, 'ती अधिकारीले हामीसँग सम्पर्क गरे अनि कुनै कारवाही गरिएन। हामी प्रहरी विभागसँग नजिक भएर काम गर्छौँ, अनि यस्ता अवस्थाका लागि छुट्टै टेलिफोन लाईन पनि सुचारु गरेका छौँ।'

जनरल मोटर्सको सहायक क्रुजले आफ्ना गाडीहरुमा एलआईडिएर (लाइडार) प्रविधीको प्रयोग गरी स्वचालित बनाएको हो। कम्पनीले सन् २०१७ देखि नै परिक्षणका लागि सान फ्रान्सिस्को वरपरका क्षेत्रमा आफ्ना कर्मचारीलाई घुमाउने गरेको थियो। तर सर्वसाधारण लागि भने केहि महिना अगाडि मात्र सेवा सुरु गरिएको हो। 

क्रुजको हेडलाईट नबल्नुको कारण अझै खुल्न सकेको छैन। क्रुजका साधनहरुलाई राति १० देखि बिहान ६ बजेसम्म मात्र चल्ने अनुमति दिइएको छ। रातमा मात्र चल्न पाउने यी गाडीहरुमा हेडलाईट अत्यावश्यक हुन्छ।

सन् २०१८ मा उबरद्वारा सञ्चालित स्वचालित गाडीको ठक्करले अमेरिकाको एरिजोना राज्यमा एक महिलाको ज्यान गएको थियो। राष्ट्रिय सवारी सुरक्षा बोर्डको अनुसन्धान अनुसार सफ्टवेयरमा कुनै असहजता नआओस भनेर उक्त भोल्भोको आकस्मिक ब्रेकिङ प्रणाली बन्द गरिएको खुलासा भएको थियो। तर त्यसै कारण दुर्घटना घटेको हो भन्ने कुराको भने पुष्टि हुन सकेको छैन।

प्रकाशित: Oct 31, 2017| 12:12 मंगलबार, कात्तिक १४, २०७४
प्रतिक्रिया दिनुहोस्