शुक्रबार, फागुन २२, २०८२

पाकिस्तानको २३ औं प्रधानमन्त्री बने शेहबाज सरिफ

पाकिस्तानको प्रधानमन्त्रीमा पाकिस्तानी मुस्लिम लिग (नवाज)का अध्यक्ष शेहबाज सरिफ निर्वाचित भएका छन्। सरिफ पाकिस्तानको २३ औं प्रधानमन्त्रीको रुपमा निर्वाचित भएका हुन्।
 |  सोमबार, चैत २८, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, चैत २८, २०७८

इस्लामावाद- पाकिस्तानको प्रधानमन्त्रीमा पाकिस्तानी मुस्लिम लिग (नवाज)का अध्यक्ष शेहबाज सरिफ निर्वाचित भएका छन्। सरिफ पाकिस्तानको २३ औं प्रधानमन्त्रीको रुपमा निर्वाचित भएका हुन्।

सोमबार संसद्‌मा भएको मतदानमा पाकिस्तान पिपल्स पार्टी(पीपीपी) का सांसदसहित १७४ सांसदले पक्षमा मतदान गरेका हुन्। अर्कोतर्फ इमरान खानको पार्टी पाकिस्तानी तेहरिक आई-इस्फाले भने राष्ट्रिय सभाको सोमबारको बैठक बहिष्कार गरेको पाकिस्तानी सञ्‍चारमाध्यम डनले जनाएको छ।  

त्यस्तै पीटीआईका सांसदले सामूहिक राजीनामासमेत दिएका छन्। पूर्वप्रधानमन्त्रीसमेत रहेका पीटीआई अध्यक्ष इमरान खानको अध्यक्षतामा सोमबार बसेको संसदीय दलको बैठकले 'आयातित सरकार' को विरोधमा राजीनामा दिने निर्णय गरेको हो।

खानविरुद्ध विपक्षीले राखेको प्रस्ताव पारित भएसँगै आइतबारदेखि नै उनी प्रधानमन्त्रीबाट पदमुक्त भइसकेका थिए। पाकिस्तानको राष्ट्रिय सभा आइतबार मध्यरातमा भएको मतदानमा १७४ सांसद उनको विपक्षमा उभिए। ३४२ सदस्यीय पाकिस्तानी संसद्मा भएको मतदानमार्फत आफ्नो पद जोगाउन खानले कम्तीमा १७२ सांसदको समर्थन आवश्यक पर्थ्यो ।

नयाँ प्रधानमन्त्री शेहबाजले सन् २०२३ को अक्टोबरमा अर्को चुनाव नहुन्जेलसम्म सत्ता सम्हाल्नेछन्। शेहबाज पूर्वप्रधानमन्त्री नवाज सरिफका भाइ हुन्। 

kumari

प्रधानमन्त्रीमा निर्वाचित भइसकेपछि पहिलो सम्बोधन गर्दै पाकिस्तान जोगाएकोमा 'अल्लाह' र प्रणाली जोगाएकोमा सर्वोच्च अदालतलाई धन्यवाद दिएका छन्। उनले भने, 'अल्लाहले पाकिस्तान जोगाइ दिनुभएको छ। सर्वोच्च अदालतले संविधान र प्रणाली जोगाएको छ। दुबैलाई धन्यवाद।' 

प्रकाशित: Apr 11, 2022| 19:02 सोमबार, चैत २८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।