मंगलबार, जेठ ८, २०८१

मासु खाएको विषयमा दुई विद्यार्थी संगठनबीच जेएनयूमा झडप

जवाहरलाल नेहरू विश्वविद्यालयमा वाम विद्यार्थी संगठन आइसा र हिन्दू विद्यार्थी संगठन एबीभीपीबीच झडप भएको छ।
 |  सोमबार, चैत २८, २०७८

बीबीसी

बीबीसी

सोमबार, चैत २८, २०७८

काठमाडौं- जवाहरलाल नेहरू विश्वविद्यालयमा वाम विद्यार्थी संगठन आइसा र हिन्दू विद्यार्थी संगठन एबीभीपीबीच झडप भएको छ। विश्वविद्यालयको मेसमा मांसाहारी खानालाई लिएर विद्यार्थी संगठनहरूबीच झडप भएको बीबीसीले  जनाएको छ।

triton college

वाम विद्यार्थी संगठनहरूका अनुसार एबीभीपी कार्यकर्ताहरूले विश्वविद्यालयको कावेरी होस्टेलको मेसमा मांसाहारी खानाको विरोध गरिरहेका थिए। विद्यार्थी संगठन अल इन्डिया स्टुडेन्ट्स एसोसिएसन (आइसा)ले ट्वीट गर्दै झडपमा एबीभीपी कार्यकर्ताको हमलामा कयौं विद्यार्थी घाइते भएको जनाइएको छ

घटनास्थलमा प्रहरी पनि पुगेको थियो। विद्यार्थी संगठनहरूले प्रहरीमा उजुरी दिएको बताएका छन्। यद्यपी यसबारे प्रहरीले अहिलेसम्म कुनै जानकारी दिएको छैन। 

एबीभीपीले जारी गरेको ट्वीटमा वाम विद्यार्थी संघको आक्रमणमा उनीहरूका कार्यकर्ता रविराज गम्भीर घाइते भएका छन्।

अर्कोतर्फ, जेएनयू विद्यार्थी संघका अध्यक्ष आईसी घोषले ट्विटरमा भिडियो पोस्ट गर्दै एबीभीपीका विद्यार्थीहरूले जेएनयूमा बस्ने विद्यार्थीहरूलाई मांसाहारी खाना खानबाट रोक्न खोजेको दाबी गरेका छन्। उनले छात्रावासको मेस सचिवलाई पनि एबीभीपीले आक्रमण गरेको दाबी गरेकी छन्।

corrent noodles
Metro Mart

बीबीसीका अनुसार राति १० बजेसम्म युनिभर्सिटीको माहोल तनावपूर्ण बनेको थियो। 

प्रकाशित: Apr 11, 2022| 07:37 सोमबार, चैत २८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।
बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।