सोमबार, फागुन १८, २०८२

दुर्गमका गर्भवतीले झेल्छन् पहाडभन्दा अग्ला समस्या

जीवनशैली हेर्दा लाग्छ, बाजुरामा देखिने पहाडभन्दा अग्ला उनीहरुका समस्याहरु छन्। कतिपय महिलाहरुको त व्यथा लागेपछि स्वास्थ्य चौकी लाने क्रममा बाटैमा गर्भ तुहिन्छ। त्यसैले अधिकतम महिलाहरु दक्ष स्वास्थ्यकर्मी बिना घरमै बच्चा जन्माउन रुचाउँछन्।
 |  सोमबार, चैत २८, २०७८

अलजजिरा

अलजजिरा

सोमबार, चैत २८, २०७८

सुदूरपश्चिमको बाजुरास्थित किमनी गाउँकी गोरिया बुढा एक प्रतिनिधि आमा हुन्। चार सन्तान जन्माइसकेकी गोरियाका कोखमा ५औँ गर्भ खेलिरहेको छ। डाक्टरले तोकिदिएको ‘डेलिभरी’को दिन नजिकिँदै गरेकी गोरिया चिन्तित देखिन्छन्। 'छेउछाउ अस्पताल छैनन्, मर्छु कि बाँच्छु ठेगान छैन,' स्थानीय बोलीचालीको शैलीमा गोरियाले दुःख पोखिन्।

बाजुरामाजस्तै अन्य थुप्रै अति अविकसित तथा विकट बस्ती छन्, नेपालमा। यस्ता दुर्गम गाउँहरुका गर्भवती महिलाको ज्यान जाने जोखिम उच्च छ। महिलाहरु स्वास्थ्य संस्थाको पहुँचबाट बाहिर छन्। नजिकैको स्वास्थ्य चौकी पुग्‍न समेत घण्टौँ हिँड्नुपर्छ। यसरी दिन-दिनै हिँडेर पनि साध्य हुँदैन। स्वास्थ्य चौकी पुगे पनि आवश्यक उपकरण हुँदैनन्, कहिले बत्ति हुँदैन, कहिले खटाइएका स्वास्थ्यकर्मी हुँदैनन्।

विगत केही वर्षयता भने नेपाल सरकारद्वारा उद्धारकार्यमा प्रयोग गरिने नेपाली सेनाको हेलिकोप्टरले केही राहत पुर्‍याएको छ। जटिल स्वास्थ्य अवस्था आइपरेको खण्डमा ती हेलिकोप्टर खटाइन्छ। अनि हेलिकप्टरमा बिरामीलाई राजधानी काठमाडौं वा आवश्यक उपकरण भएका अस्पताल पुर्‍याइन्छ। यही ‘हेलिकोप्टर मिसन’ कयौँ आमा र शिशुको ज्यान जोगाउने 'भगवान' बनेको छ।

किमनीकी गोरियाका लागि ५औँ गर्भ पहिलाको जस्तै कठिन भएको छ। 'अन्तिम बच्चा जन्माउँदा त साह्रै दुःख भएको थियो,' गोरिया भन्छिन्, 'मर्छु भन्ने लागेको थियो, धन्‍न स्वास्थ्यकर्मीले बचाइन्।'

सुत्केरी हुने दिन नजिकिएकी गोरिया भिरमा रहेको रुख चढ्न डराउँदिनन्। रुखमा चढेर घाँस झार्दै गरेकी गोरिया भन्छिन्, 'पाँच दिन साह्रै दुख्यो, के गर्ने कसो गर्ने थाहा भएन।' 

kumari

प्रकाशित: Apr 11, 2022| 15:50 सोमबार, चैत २८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।