शुक्रबार, फागुन २२, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • सांघाईमा कोभिड सङ्क्रमण निको भई ११ हजारभन्दा बढी विरामी अस्पतालबाट डिस्चार्ज

सांघाईमा कोभिड सङ्क्रमण निको भई ११ हजारभन्दा बढी विरामी अस्पतालबाट डिस्चार्ज

उनीहरूलाई चिकित्सकको प्रत्यक्ष निगरानी आवश्यक नभएको भन्दै सांघाईका विभिन्न अस्पतालबाट घर पठाइएको स्थानीय अधिकारीहरूले आइतबार बताए।
 |  सोमबार, चैत २८, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, चैत २८, २०७८

काठमाडौं- शनिबारसम्ममा सांघाईमा कोभिड–१९ संक्रमित ११ हजारभन्दा बढी मानिसहरू निको भई अस्पतालबाट घर फर्केका छन्। उनीहरूलाई चिकित्सकको प्रत्यक्ष निगरानी आवश्यक नभएको भन्दै सांघाईका विभिन्न अस्पतालबाट घर पठाइएको स्थानीय अधिकारीहरूले आइतबार बताए।

उनीहरूले घर मै स्वास्थ्य निगरानी जारी राख्न सक्ने नगरपालिकाको स्वास्थ्य आयोगले बताएको छ।

यस सहरमा सङ्क्रमण नियन्त्रणका लागि अत्यधिक व्यक्तिमा सबै न्युक्लिक एसिड परीक्षण गर्ने र यसका अधीनस्थ क्षेत्रहरूको विभिन्न जोखिम ग्रेड अनुसार सम्बन्धित कोभिड–१९ रोकथाम र नियन्त्रण उपायहरू कार्यान्वयन गर्ने बताएको छ। 

सांघाईले आफ्नो स्क्रिनिङ कार्यलाई सहज बनाउन ‘न्युक्लिक एसिड कोड’ पनि अपडेट गरेको छ। यो कोड सञ्जालमा जडान बिना दोहोर्‍याएर प्रयोग गर्न सकिन्छ र सङ्क्रमण भएको वा नभएको पुष्टिका लागि ‘स्क्रिनसट’ देखाउन सकिन्छ। 

परिवारका सदस्यहरूले आफ्ना छोराछोरी र वृद्धहरूको सवालमा उक्त कोडको लागि आवेदन दिन सक्छन्। विदेशीहरूले आफ्नो पासपोर्ट प्रयोग गरेर न्युक्लिक एसिड परीक्षणको लागि वेभसाइटमा दर्ता गर्न सक्छन् वा अनलाइन कोडको लागि आवेदन गर्न सक्छन्।

kumari

प्रकाशित: Apr 11, 2022| 05:00 सोमबार, चैत २८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।