शुक्रबार, फागुन २२, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • पाकिस्तानको संसद्ले सोमबार नयाँ प्रधानमन्त्री चयन गर्ने

पाकिस्तानको संसद्ले सोमबार नयाँ प्रधानमन्त्री चयन गर्ने

इमरान खानको सरकारले विश्वासको मत गुमाएपछि पाकिस्तानको संसद्ले नयाँ प्रधानमन्त्री चयन गर्न अप्रिल ११ सोमबारका लागि मतदान गर्ने प्रक्रिया अगाडि बढाएको छ।
 |  सोमबार, चैत २८, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, चैत २८, २०७८

इस्लामावाद- इमरान खानको सरकारले विश्वासको मत गुमाएपछि पाकिस्तानको संसद्ले नयाँ प्रधानमन्त्री चयन गर्न अप्रिल ११ सोमबारका लागि मतदान गर्ने प्रक्रिया अगाडि बढाएको छ।

सर्वोच्च अदालतले यसअघि विपक्षी प्रायोजित अविश्वास प्रस्तावलाई खारेज गर्ने उपसभामुखको निर्णयलाई खारेज गरिदिएसँगै राष्ट्रिय सभामा उच्च राजनीतिक गतिरोधको अन्त्यका लागि  इमरान खान सरकारलाई सत्ताबाट बहिर्गमित गरिएको छ।

कुल ३४२ सदस्यीय सदनमा प्रस्तावको पक्षमा १७४ सदस्यले मतदान गरेका थिए। मतदानका क्रममा सत्तारुढ पाकिस्तान तहरीक–ए–इन्साफ (पीटीआई) का सदस्यहरू उपस्थित थिएनन्।

राष्ट्रिय सभाका अध्यक्ष अयाज सादिकलाई उद्धृत गर्दै डन अखबारले नयाँ प्रधानमन्त्रीका लागि आज (आइतबार) दिउँसो २ बजेसम्म मनोनयनपत्र पेस गर्न सकिने र दिउँसो ३ बजेसम्म छानबिन हुने बताएको छ।

उनले सोमबार बिहान ११ बजे अधिवेशन आह्वान गर्दै त्यसपछि नयाँ प्रधानमन्त्री चयन गरिने बताए। पाकिस्तान मुस्लिम लिग–नवाज (पीएमएल–एन) का अध्यक्ष शेहबाज शरीफ, जो हाल नेशनल एसेम्बलीमा विपक्षी नेता छन् आगामी प्रधानमन्त्री बन्ने  निश्चित प्रायः छ।

kumari

प्रकाशित: Apr 11, 2022| 05:30 सोमबार, चैत २८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।