सोमबार, वैशाख १४, २०८३

'किभनजिकै दर्जनौँको शव भेटियो'

युक्रेनी अधिकारीहरूले राजधानी किभ नजिकै दर्जनौँ व्यक्तिहरूको शव एकैठाउँमा भेटिएको बताएका छन्।
 |  आइतबार, चैत २७, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, चैत २७, २०७८

National life
kumari

किभ (युक्रेन)-  युक्रेनी अधिकारीहरूले राजधानी किभ नजिकै दर्जनौँ व्यक्तिहरूको शव एकैठाउँमा भेटिएको बताएका छन्। रुसी सेनाले किभको उत्तरी क्षेत्रबाट पूर्वी क्षेत्रतर्फ आक्रमण केन्द्रित गरेपछि उत्तरी क्षेत्रमा दर्जनौँको शव भेटिएको युक्रेनले जानएको छ। 

किभ नजिकैको बुझोवा (गाउँ)का एक अधिकारीलाई उद्धृत गर्दै पेट्रोल स्टेसन नजिकैको नालीमा दर्जनौँ व्यक्तिको शव भेटिएको रोयटर्सले समाचार प्रकाशन गरेको छ। किभ नजिकै थुप्रै स्थानमा 'मास ग्रेभ' (एकस्थानमा थुप्रै व्यक्तिको शव फेला पर्नु) भेटिएको बताइएको छ। यसपछि पनि यस्तै मास ग्रेभ भेटिएको थियो। 

यसअघि बुझोवा क्षेत्रमा हप्तौँसम्म रुसी सेनाले नियन्त्रणमा लिएको थियो। किभ वरपरका थुप्रै क्षेत्रमा रुसी सेनाले नियन्त्रणमा लिएको थियो। रुसले आफ्ना नागरिकमाथि बर्बरतापूर्वक हत्या गरेको आरोप युक्रेनले लगाएको छ। 

प्रकाशित: Apr 10, 2022| 15:32 आइतबार, चैत २७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।