शुक्रबार, फागुन २२, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • सत्ताको क्रिजबाट पेभिलियन फर्किँदा इमरान खानका नाममा तीन रेकर्ड

सत्ताको क्रिजबाट पेभिलियन फर्किँदा इमरान खानका नाममा तीन रेकर्ड

पहिलो-संवैधानिक दायराबाट हटाइएका प्रधानमन्त्री । दोस्रो पूर्ण कार्यकाल सरकार चलाउन नपाएका १९ औँ व्यक्ति । तेस्रो सबैभन्दा धेरै दिन सरकारमा सञ्चालन गरेका छेठौँ प्रधामन्त्री।
 |  आइतबार, चैत २७, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, चैत २७, २०७८

काठमाडौं- पाकिस्तानका निवर्तमान प्रधानमन्त्री इमरान खानले  सत्ता  संकट टार्नका निम्‍ति संसद विघटन गरेका थिए । अदालतले उनको फैसलालाई बदर गरिदिएपछि संसदमा उनले अविश्वासको प्रस्तावको सामाना  गर्नुपर्‍यो। संसदले उनलाई विश्वासको मत नदिएपछि खानले प्रधानमन्त्री गुमाएका छन् । सत्ताको क्रिजबाट पेभिलियन फर्किँदा इमरानले तीन रेकर्ड राखेका छन्।

पहिलो- संवैधानिक दायराबाट हटाइएका  प्रधानमन्त्री । दोस्रो पूर्ण कार्यकाल सरकार चलाउन नपाएका १९ औँ व्यक्ति । तेस्रो सबैभन्दा धेरै दिन सरकारमा सञ्चालन गरेका छेठौँ प्रधामन्त्री।

इमरान संवैधानिक दायराबाट हटाइएका पाकिस्तानका  पहिलो प्रधानमन्त्री हुन् । उनी अघि पूर्वप्रधानमन्त्रीद्वय र बेनेजिर भुट्टोले र सौकात अजिजले अविश्वासको प्रस्ताव सामाना गरेका थिए। सन् १९९९ मा भुट्टो र सन् २००६ मा अजिजले संसदको सामाना गर्नुपरेपनि उनीहरुले विश्वासको मत पाउँदा प्रधानमन्त्री जोगिएको थियो।यता, खानविरुद्धको अविश्वासको प्रस्तावमा १ सय ७४ मत खस्दा उनले प्रधामन्त्री गुमाउनुपरेको हो।

पाकिस्तानको संविधान दिवसको पूर्वसन्ध्यामा खान सत्ताको क्रिजबाट पेभिलिएन फर्किएका  हुन्। पाकिस्तानमा सन्  १९७३ अप्रिल १० मा संविधान जारी भएको थियो। प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव पारित भएपछि प्रतिक्रिया दिँदै पाकिस्तान  पिपल्स पार्टीका अध्यक्ष विलावल भुट्टो जरदारीले भनेका छन्, 'अप्रिल १० पाकिस्तानको निम्ति  ऐतिहासिक छ। सन् १९७३ अप्रिल १० मा पाकिस्तानले संविधान पायो। सन् १९८६ अप्रिल १० मा निर्वासन अन्त्यपछि राष्ट्रपति जिउल हकविरुद्ध बेनेजिर भुट्टोले संघर्ष सुरु गरेकी थिइन् । अप्रिल १०, २०२२ मा हामीले असंवैधानिक कदम चाल्ने प्रधानमन्त्रीलाई संवैधानिक तरिकाले बहिर्गमन गरायौँ । प्रजातान्त्रिक पद्धतिबाट लिइने बदलानै उत्तम बदला हो ।'

पाकिस्तानमा अहिलेसम्म कुनै पनि  प्रधानमन्त्रीले पाँच वर्षको पूर्ण कार्यकाल सरकार चलाउन पाएका छैनन्। इमरान खानको नाममा पूर्ण कार्यकाल सरकार चलाउन नपाउने १९ ‍औँ प्रधानमन्त्रीको रुपमा रेकर्ड दर्ज भएको छ।  पाकिस्तानका पहिलो प्रधानमन्त्री लियाकत अलि  खानको सन् १९५१ अक्टोबर १६ मा हत्या भएको थियो। उनीपछिका सात प्रधानमन्त्रीले राजीनामा दिएका थिए  भने त्यसपछिका चार प्रधानमन्त्रीलाई बर्खास्त गरिएको थियो ।  अन्य चार प्रधानमन्त्रीलाई सैन्य कू बाट अपदस्त गरिएको थियो।

kumari

यता नवाज शरिफ र युसुफ राजा गिलानीलाई भने सर्वोच्च अदालतले दोषी ठहर गर्दै सरकार चलाउन अयोग्य रहेको फैसला सुनाएको थियो। शौकत अजिज,राजा पर्वेज असरफ, शाहिद खकन अब्बासी संसदको कार्यकालको अन्त्यतिर प्रधानमन्त्री बनेका  थिए । यो सूचीमा नवाज शरिफ  पनि पर्छन् । उनले चारपटक उच्च पदन त्याग्नुपरेको थियो।

पाकिस्तानमा सबैभन्दा धेरै दिन प्रधानमन्त्री बनेको रेकर्ड भने उनैको नाममा छ। शरिफ ३ हजार ४ सय २२ दिन प्रधानमन्त्री बनेका थिए । यता विश्वासको मत नपाएर प्रधानमन्त्री छोड्नुपरेका खान यस मामिलामा छैठौँ नम्बरमा  पर्छन्। उनले १ हजार ३ सय २५ दिन  सरकार चलाए । सबैभन्दा धेरै सरकार चलाउनेको सूची मध्ये दोस्रोमा वेनेजिर भुट्टो,  तेस्रोमा लियाकत अलि खान, चौथोमा युशुफ राजा गिलानी र पाचौँमा जुलफिकर  अलि भुट्टो छन्।

प्रकाशित: Apr 10, 2022| 14:10 आइतबार, चैत २७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।