शुक्रबार, फागुन २२, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • पाकिस्तानका प्रधानमन्त्री खानविरुद्ध अविश्वास प्रस्ताव पारित

पाकिस्तानका प्रधानमन्त्री खानविरुद्ध अविश्वास प्रस्ताव पारित

पाकिस्तानका प्रधानमन्त्री इमरान खानविरुद्ध अविश्वास प्रस्ताव पारित भएको छ।
 |  आइतबार, चैत २७, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, चैत २७, २०७८

काठमाडौं- पाकिस्तानका प्रधानमन्त्री इमरान खानविरुद्ध अविश्वास प्रस्ताव पारित भएको छ। समाचार एजेन्सीहरूले जनाएअनुसार पाकिस्तानको संसद्ले प्रधानमन्त्री इमरान खानविरुद्ध राखिएको अवश्वासको प्रस्ताव शनिबार पारित गरेको छ। 

खानले आफूविरुद्ध अविश्वासको प्रस्ताव पारित हुनेदेखेपछि संसद् भंग गरेर मध्यावधि निर्वाचन गराउन खोजेका थिए। 

तर, पाकिस्तानको सर्वोच्च अदालतले संसद् भंग गर्ने निर्णय खारेज गरेपछि अविश्वासको प्रस्तावमा मतदान भएको थियो।

शनिबार मध्यरातमा संसदमा भएको मतदानमा खानको विपक्षमा १७४ सांसदले मतदान गरेपछि उनले विश्वासको मत गुमाएका हुन्। यो सँगै उनी पदमुक्त भएका छन्। 

यससँगै नयाँ प्रधानमन्त्री चयनका लागि आइतबार दिउँसो २ बजे संसद बैठक बस्ने भएकोछ।

kumari

प्रकाशित: Apr 10, 2022| 07:33 आइतबार, चैत २७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।