बोगोटा (कोलम्बिया)- कोलम्बियामा बाढीमा परी १३ जनाको ज्यान गएको छ। बाढीमा परेर कोलम्बियाको उत्तरपश्चिमी क्षेत्रमा १३ जनाको ज्यान गएको र केही सम्पर्कविहीन भएका छन्। केही दिनदेखिको अविरल वर्षाका कारण १३ जनाको ज्यान गएको प्रकोप नियन्त्रण विभागले जनाएको छ।
वर्षा र बाढी तत्कालै रोकिने अवस्था नदेखिएको मौसम विभागले जनाएको छ। विभागले नागरिकहरुलाई सतर्कता अपनाउन सूचना जारी गरेको छ।
बाढीका कारण यहाँका कतिपय सडकहरुमा पहिरो गएकाले कतिपय स्थानमा यातायात पनि अवरुद्ध छ।