शुक्रबार, फागुन २२, २०८२

युरोपेली आयोगका अध्यक्ष उर्सुला भोन युक्रेन भ्रमणमा

रुसी आक्रमणकारीहरुले आक्रमण गरेको ठाउँको स्थलगत अवलोकन गर्न उनी रुस आएको जनाइएको छ।
 |  शनिबार, चैत २६, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, चैत २६, २०७८

बुचा- युरोपेली आयोगका अध्यक्ष उर्सुला भोन डेर लेयनले युक्रेनको भ्रमण गरेकी छन्। रुसी आक्रमणकारीहरुले आक्रमण गरेको ठाउँको स्थलगत अवलोकन गर्न उनी रुस आएको जनाइएको छ।

युक्रेनको बुच भन्ने सहरमा रुसी सुरक्षाकर्मीहरुले हत्या, बलात्कार जस्ता अपराध गरेको दाबी गरिएपछि उनले स्थलगत अवलोकन गरेकी हुन् 

स्थलगत अवलोकनपछि पत्रकारहरुसँग कुरा गर्दै अध्यक्ष लेयनले घटनास्थलमा दयनीय अवस्था रहेको जानकारी दिए। उनले घटनास्थलमा मानव अधिकारको चरम उलंघन भएको र मानवीय संकट रहेको पनि बताइन्। बुचमा नरसंहार भएकाले त्यसका विरुद्धमा आवाज उठाउदै लड्नु पर्नेमा पनि उनले जोड दिए। अध्यक्ष लेयनले त्रासदीपूर्ण घटनाको भत्सर्ना गर्दै आगामी दिनमा यस्ता घटना नहुने सुनिश्चत गर्न पनि माग गरिन्।

'यहाँ हामीले कल्पना पनि नगरेको घटना भएको रहेछ, यो घटना अत्यन्त निन्दनीय छ, घटनामा संलग्नलाई कारबाही हुनुपर्दछ,'उनले भनिन्।रुसले गत फेब्रअरी २४ देखि युक्रेनमा आक्रमण गरेको छ। आक्रमणका कारण दुवै तर्फका गरेर अहिलेसम्म सयौँको मृत्यु भइसकेको दाबी गरिएको छ।

रुसले आक्रमण गरेर गलत गरेको भन्दै विश्वभरीबाट विरोध भएको छ भने तत्काल वार्तामार्फत विवाद अन्त्य गर्न सबै पक्षले अनुरोध पनि गर्दै आएका छन्।  एएनआई

kumari

प्रकाशित: Apr 09, 2022| 16:40 शनिबार, चैत २६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।