शुक्रबार, फागुन २२, २०८२

भारतमा अझै पनि दैनिक ११ सय कोरोना संक्रमित

सरकारी अधिकारीहरूले शनिबार दिएको जानकारी अनुसार पछिल्लो एक दिनमा देशभरी एक हजार १५० जना कोरोना भाइरसबाट संक्रमित भएका हुन्।
 |  शनिबार, चैत २६, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, चैत २६, २०७८

नयाँ दिल्ली- कोरोना भाइरसबाट भारतमा अझै पनि दैनिक झण्डै थप ११ सय मानिस संक्रमित हुने गरेका छन्। सरकारी अधिकारीहरूले शनिबार दिएको जानकारी अनुसार पछिल्लो एक दिनमा देशभरी एक हजार १५० जना कोरोना भाइरसबाट संक्रमित भएका हुन्। 

भारतको संघीय स्वास्थ्य मन्त्रालयले संक्रमित अवस्थामै रहेकाहरूको संख्या भने ११ हजार ३६५ रहेको जनाएको छ। पछिल्लो २४ घण्टामा भारतमा एक हजार १९४ जना कोरोना भाइरसबाट संक्रमणमुक्त भएको पनि मन्त्रालयले जनाएको छ। 

महामारी सुरु भएदेखि अहिलेसम्म भारतमा चार करोड २५ लाख एक हजार १९६ जना कोरोना भाइरसबाट संक्रमणमुक्त भएका छन्। पछिल्लो समय दैनिक संक्रमित र सक्रिय संक्रमितहरूको संख्या घट्दै गइरहेको तथ्याङ्कले देखाएको छ।  

मन्त्रालयका अनुसार पछिल्लो एक दिनमा कोरोना भाइरसका कारण ८३ जनाको मृत्यु भएको छ। कोरोना भाइरसबाट अहिलेसम्म मृत्यु भएकाहरूको संख्या भने पाँच लाख २१ हजार ६५६ पुगेको छ।    एएनआई

प्रकाशित: Apr 09, 2022| 16:00 शनिबार, चैत २६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।