शुक्रबार, फागुन २२, २०८२

इमरान खानविरुद्धको अविश्वास प्रस्तावमा आज मतदान हुँदै

पाकिस्तानका प्रधानमन्त्री इमरान खानविरुद्धको अविश्वास प्रस्तावमाथि आज मतदान हुने भएको छ।
 |  शनिबार, चैत २६, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, चैत २६, २०७८

काठमाडौं- पाकिस्तानका प्रधानमन्त्री इमरान खानविरुद्धको अविश्वास प्रस्तावमाथि आज मतदान हुने भएको छ। पाकिस्तानको संसदमा तीन सय ४२ सांसद रहेका छन्। इमरानलाई बहुमतका लागि १ सय ७२ मत आवश्यक पर्ने छ।

विपक्षी दलले प्रधानमन्त्री खानले विश्वासको मत प्राप्त गर्न नसक्ने दाबी गर्दै आएका छन्। अर्थतन्त्रलाई गलत ढंगले व्यवस्थापन गरेको र सुशासन कमजोर पारेको भन्दै प्रधानमन्त्री खानविरुद्ध केही दिनअघि अविश्वासको प्रस्ताव दर्ता भएको थियो।

अविश्वासको प्रस्तावमा पाकिस्तान मुस्लिम लिग–नवाज (पी.एम.एल–एन) र पाकिस्तान पिपुल्स पार्टी (पीपीपी) का एक सय सांसदले हस्ताक्षर गरेका थिए। 

प्रधानमन्त्री खानले सर्वोच्च अदालतको फैसला स्वीकार गर्ने तर आफूलाई सत्ताच्युत गरे विपक्षीको सरकारलाई मान्यता नदिने चेतावनी दिएका थिए।

पाकिस्तानको सर्वोच्च अदालतले बिहीवार प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले गरेको संसद् विघटनलाई बदर गरिदिएको थियो।

kumari

प्रकाशित: Apr 09, 2022| 11:07 शनिबार, चैत २६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।