मंगलबार, साउन २६, २०८३
  • गृहपृष्ठ
  • समाज
  • पशुपति धर्मशालामा बतास समूहले चलाएको होटलमा सरकारी ताला

पशुपति धर्मशालामा बतास समूहले चलाएको होटलमा सरकारी ताला

पशुपति क्षेत्र विकास कोषले नेपाल–भारतमैत्री धर्मशालामा सञ्चालित होटल आनन्द बन्द गरेको छ।
 |  शुक्रबार, चैत २५, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, चैत २५, २०७८

काठमाडौं– पशुपति क्षेत्र विकास कोषले नेपाल–भारतमैत्री धर्मशालामा सञ्चालित होटल आनन्द बन्द गरेको छ। होटल खाली गर्न सूचना लिएर गएको कोषको टोलीलाई होटलका कर्मचारीले गेटमै रोकेपछि कोषले गेटमै ताल्चा लगाइदिएको हो।

करिब २ घण्टाको प्रयासपछि पनि होटल सिल गर्न गएको सरकारी टोली भित्र छिर्न नपाएपछि बाहिरै ताला लगाइएको हो। कोषले गेटमै सूचना टाँसेर होटलमा रहेका कुनै पनि सामान नचलाउन सूचित गरेको छ। सरकारी टोली धर्मशाला परिसरभित्र प्रवेश गर्न खोज्दा बतास समूहका प्रतिनिधिले गेट लगाइदिएका थिए। होटलमा बसेका पाहुना भित्रै थुनिएका छन्।

बतास समूहका प्रतिनिधिले यो विषयमा अदालतमा गएकोले सर्वोच्चको अन्तिम फैसला कुर्न आग्रह गरेका थिए। सम्झौताअनुसार काम नभएको भन्दै पशुपति क्षेत्र विकास कोषले १७ चैतमा बतास समूहले धर्मशाला भवनमा सञ्चालन गरेको होटल आनन्द प्रालिसँग भएको सम्झौता भंग गर्ने निर्णय गरेको थियो। तर बतास समूहले कोषको पत्र बुझ्न मानेको थिएन।

त्यसपछि गत सोमबार कोषले होटल हटाएर धर्मशाला भवन खाली गर्न सार्वजनिक सूचना निकालेको थियो। सूचनामा धर्मशालामा रहेका सबै सरसामान हटाउन भनिएको थियो। तर, बतासले नटेरेपछि कोषका कर्मचारी होटल बन्द गराउन पुगेका हुन्। 


प्रकाशित: Apr 08, 2022| 15:19 शुक्रबार, चैत २५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।