आइतबार, असार ७, २०८३

चितवनमा तीन तहमा मतदानस्थल वर्गीकरण

जिल्ला सुरक्षा समितिले निर्वाचन स्थलको निरीक्षण अनुगमनपछि स्थलहरूलाई वर्गीकरण गरेको हो।
 |  शुक्रबार, चैत २५, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, चैत २५, २०७८

चितवन- जिल्लामा रहेका १६१ मतदानस्थललाई सुरक्षाका दृष्टिकोणले तीन तहमा वर्गीकरण गरिएको छ। जिल्ला सुरक्षा समितिले निर्वाचन स्थलको निरीक्षण अनुगमनपछि स्थलहरूलाई वर्गीकरण गरेको हो।

National life

प्रमुख जिल्ला अधिकारी अस्मान तामाङका अनुसार पहिला भएका निर्वाचनमा देखिएका गतिविधि र अब हुनसक्ने गतिविधिलाई आधार बनाई वर्गीकरण गरिएको बताए। समितिको बैठकले ३१ स्थललाई अतिसंवेदनशील, ८२ स्थललाई संवेदनशील र ४८ स्थललाई सामान्य रूपमा लिइएको छ। प्रमुख जिल्ला अधिकारी तामाङका अनुसार निर्वाचन स्थलको निरीक्षणपछि सो सङ्ख्यामा वर्गीकरण गरिएको हो। अघिल्ला निर्वाचनमा भएका घटनाका आधारमा स्थलको वर्गीकरण गरिएको हो।

जिल्लाका सात पालिकामा ४५१ मतदान केन्द्र रहेका छन्। केन्द्रमा निर्वाचनका लागि दुई हजार २५५ कर्मचारी जिल्ला निर्वाचन कार्यालयले खटाउने छ भने प्रत्येक केन्द्रमा तीन जना स्वयंसेवक कर्मचारी स्थानीयरूपमा नै नियुक्त गरिने जिल्ला निर्वाचन कार्यालयका प्रमुख भीमसेन कार्कीले जानकारी दिए।

उनका अनुसार निर्वाचनका लागि कर्मचारी माग गरिएको छ। यही चैत २९ गते निर्वाचन अधिकृत नियुक्ति गर्ने तथा आगामी वैशाख ३ र ४ गते अधिकृतहरूलाई तालिम दिइने छ। वैशाख ८ गते सात पालिकामा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिने उनले बताए।

प्रकाशित: Apr 08, 2022| 13:35 शुक्रबार, चैत २५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।