मंगलबार, साउन २६, २०८३
  • गृहपृष्ठ
  • समाज
  • स्थानीय तह-प्रहरी-विद्यालय सम्पर्क कार्यक्रमको सम्म्झौता

स्थानीय तह-प्रहरी-विद्यालय सम्पर्क कार्यक्रमको सम्म्झौता

महानगरपालिका र जिल्ला प्रहरी कार्यालयले शुक्रबार आयोजना गरेको शान्तिपूर्ण एवं सुरक्षित समाजका लागि चेतनामूलक विद्यालय पाठ्यसामग्री २०७८ सम्बन्धी अभिमुखीकरण एवं समझदारीपत्रमा हस्ताक्षर समारोहमा महानगरका विद्यालयका प्रध्यानाध्यापकले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन्।
 |  शुक्रबार, चैत २५, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, चैत २५, २०७८

चितवन- भरतपुर महानगरपालिकाभित्र रहेका विद्यालयमा स्थानीय तह–प्रहरी–विद्यालय सम्पर्क कार्यक्रमको सम्झौता भएको छ। महानगरपालिका र जिल्ला प्रहरी कार्यालयले शुक्रबार  आयोजना गरेको शान्तिपूर्ण एवं सुरक्षित समाजका लागि चेतनामूलक विद्यालय पाठ्यसामग्री २०७८ सम्बन्धी अभिमुखीकरण एवं समझदारीपत्रमा हस्ताक्षर समारोहमा महानगरका विद्यालयका प्रध्यानाध्यापकले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन्।

महानगर प्रमुख रेनु दाहाल, प्रमुख जिल्ला अधिकारी अस्मान तामाङ, महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामबन्धु सुवेदीको रोहवरमा विद्यालयका प्रध्यानाध्यापक, जिल्ला प्रहरी कार्यालयका प्रमुख नवराज अधिकारी र महानगरको शैक्षिक महाशाखा प्रमुख महेन्द्रप्रसाद पौडेलले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन्। सम्झौतापत्रमा हस्ताक्षरपछि शैक्षिक संस्थाको नेतृत्वका लागि चेतनामूलक विद्यालय पाठ्यसामग्रीसमेत सार्वजनिक गरिएको थियो।

सामग्री सार्वजनिकसँगै हरेक विद्यालयका प्रध्यानाध्यापकलाई पुस्तकसमेत हस्तान्तरण गरिएको थियो। कार्यक्रमलाई सम्बोधन गर्दै महानगर प्रमुख दाहालले पछिल्ला समयमा विद्यालयमा हुने गरेका अपराध नियन्त्रणका लागि यो पाठ्यसामग्री तयार गरिएको बताइन्। 

सो अवसरमा महानगरपालिकाका उपप्रमुख पार्वती शाह ठकुरीले समाजमा हुने अपराध नियन्त्रणमा पाठ्यसामग्री बहुउपयोगी बन्ने बताइन्। सामाजमा हुने गरेका अपराध नियन्त्रणमा सहयोगी पुस्तक पाठ्यसामग्री विद्यालयमा पुर्‍याउनु महत्वपूर्ण काम भएको उनको भनाइ छ।

प्रमुख जिल्ला अधिकारी तामाङले समाजमा हुने आपराधिक क्रियाकलाप नियन्त्रणमा सहयोग गर्न विद्यालयलाई आग्रह गरे। विद्यालयमा हुने अपराध र विद्यार्थीलाई प्रयोग गरेर गरिने आपराधिक क्रियाकलाप नियन्त्रणका लागि यो पाठ्यसामग्री महत्वपूर्ण हुने जिल्ला प्रहरी कार्यालयका प्रमुख अधिकारीले बताए।   रासस

प्रकाशित: Apr 08, 2022| 09:27 शुक्रबार, चैत २५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।