मंगलबार, साउन २६, २०८३

पिकअपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

पूर्व–पश्चिम लोकमार्गअन्तर्गत मोरङको उर्लाबारीमा पिकअपको ठक्करबाट बिहीबार राति मोटरसाइकल चालकको मृत्यु भएको छ।
 |  शुक्रबार, चैत २५, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, चैत २५, २०७८

विराटनगर- पूर्व–पश्चिम लोकमार्गअन्तर्गत मोरङको उर्लाबारीमा पिकअपको ठक्करबाट बिहीबार राति मोटरसाइकल चालकको मृत्यु भएको छ। 

उर्लाबारी नगरपालिका-४ आइतबारेमा दुर्घटना हुँदा झापाको दमक नगरपालिका-३ का २८ वर्षीय राजन घिमालको मृत्यु भएको मोरङ प्रहरीले जनाएको छ।

धिमालले चलाएको को३२प ६९३१ नम्बरको मोटरसाइकललाई पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को१च ६३९९ नम्बरको पिकअप भेनले राति ८:४० बजेतिर ठक्कर दिएको थियो। 

दुर्घटनामा परेर गम्भीर घाइते भएका धिमालको उपचारका क्रममा उर्लाबारीस्थित अरनिको अस्पतालमा राति ९:२५ बजेतिर मृत्यु भएको प्रहरीले ज नाएको छ।

पिकअप र चालक उर्लाबारी-४ का २१ वर्षीय दीपेन्द्र बोहोरालाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ।

प्रकाशित: Apr 08, 2022| 07:30 शुक्रबार, चैत २५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।