मंगलबार, साउन २६, २०८३

बैंकिङ कसुर मुद्दामा फरार दुई जना पक्राउ

पक्राउ परेका भण्डारीलाई उच्च अदालत पाटनको विसं २०७८ वैशाख २९ गतेको फैसलाले सात लाख दुई हजार ५०० जरिवाना र ढुङ्गानालाई उच्च अदालत विराटनगरले विसं २०७८ पुस २२ गते पक्राउ अनुमति दिएको प्रहरीले जनाएको छ।
 |  शुक्रबार, चैत २५, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, चैत २५, २०७८

काठमाडौं- नेपाल प्रहरीले बैकिङ कसुर मुद्दामा फरार दुई जनालाई पक्राउ गरेको छ। प्रहरीको महानगरीय अपराध महाशाखाको टोलीले नुवाकोट शिवपुरी गाउँपालिका–३ का ३१ वर्षीय राजु भण्डारी र झापा गौरादह नगरपालिका घर भई हाल काठमाडौंको धुम्बाराहीमा बस्दै आएका ५० वर्षीय उपेन्द्रप्रसाद ढुङ्गानालाई विहीबार पक्राउ गरेको हो।

पक्राउ परेका भण्डारीलाई उच्च अदालत पाटनको विसं २०७८ वैशाख २९ गतेको फैसलाले सात लाख दुई हजार ५०० जरिवाना र ढुङ्गानालाई उच्च अदालत विराटनगरले विसं २०७८ पुस २२ गते पक्राउ अनुमति दिएको प्रहरीले जनाएको छ।

पक्राउ भण्डारीलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत काठमाडौं र ढुङ्गानालाई आवश्यक अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय दमक पठाइएको प्रहरीले जनाएको छ। 

प्रकाशित: Apr 08, 2022| 07:10 शुक्रबार, चैत २५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।