काठमाडौं- नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा सुनिल पौडेल नियुक्त भएका छन्। राष्ट्रिय सूचना प्रविधि केन्द्रका कार्यकारी निर्देशक पौडेल नेपाल टेलिकमको प्रबन्ध निर्देशक नियुक्त भएका हुन्।
टेलिकममा पहिलोपटक संस्थाभन्दा बाहिरबाट प्रवन्ध निर्देशक नियुक्त भएका छन्। बिहीबार बसेको मन्त्रिपरिषद बैठकले पौडेललाई टेलिकमको प्रबन्ध निर्देशकमा नियुक्त गरेको हो।
उनलाई नियुक्त गर्ने गरी सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले टेलिकमको प्रबन्ध निर्देशक नियुक्ति सम्बन्धी निर्देशिका संशोधन गरेको थियो।
सिफारिसमा परेका टेलिकमका पूर्वप्रवन्ध निर्देशक बुद्धि आचार्य र टेलिकमकै प्रमुख व्यवसायिक अधिकृत संगीता पहाडीलाई पन्छाएर सरकारले टेलिकम क्षेत्रमा राम्रो अभनुव नभएका पौडेललाई प्रबन्ध निर्देशक बनाएको हो।