सोमबार, वैशाख १४, २०८३
  • गृहपृष्ठ
  • विदेश
  • पाकिस्तानको निर्वाचन आयोगले भन्‍यो - ९० दिनमा निर्वाचन सम्भव छैन

पाकिस्तानको निर्वाचन आयोगले भन्‍यो - ९० दिनमा निर्वाचन सम्भव छैन

पाकिस्तानको निर्वाचन आयोगले ९० दिनमा निर्वाचन सम्भवन नभएको बताएको छ। पाकिस्तानी राष्ट्रपतिले निर्वाचनको तयारी गर्नका लागि दिएको निर्देशनको जवाफमा आयोगले ९० दिनमा निर्वाचन सम्भवन नभएको प्रतिक्रिया दिएको हो।
 |  बिहीबार, चैत २४, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, चैत २४, २०७८

National life
kumari

इस्लामावाद - पाकिस्तानको निर्वाचन आयोगले ९० दिनमा निर्वाचन सम्भवन नभएको बताएको छ। पाकिस्तानी राष्ट्रपतिले निर्वाचनको तयारी गर्नका लागि दिएको निर्देशनको जवाफमा आयोगले ९० दिनमा निर्वाचन सम्भवन नभएको प्रतिक्रिया दिएको हो। 

आयोगले निर्वाचन गराउनका लागि कम्तिमा पनि चार महिना आवश्यक हुने बताएको छ। आयोगले निर्वाचनको सबै प्रक्रिया र निर्वाचन क्षेत्रका विषयमा निर्णयहरु गर्न समय लाग्‍ने भएकोले ९० दिनमा सम्भव नभएको प्रतिक्रिया दिएको हो। 

पाकिस्तानी राष्ट्रपतिले बुधबार आयोगलाई आम निर्वाचनको मिति प्रस्ताव गर्दै तयारी थाल्न निर्देशन दिएका थिए। यसअघि पाकिस्तानी प्रधानमन्त्रीको सिफारिसमा संसद् विघटन गरेका राष्ट्रपतिले ताजा जनादेशमा जाने निर्णय गरेका थिए। 


प्रकाशित: Apr 07, 2022| 20:15 बिहीबार, चैत २४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।