शुक्रबार, फागुन २२, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • युक्रेनी विदेशमन्त्रीको आक्रोश -रुसी उर्जा खरिद गर्नु भनेको युद्धको पक्षमा उभिनु हो

युक्रेनी विदेशमन्त्रीको आक्रोश -रुसी उर्जा खरिद गर्नु भनेको युद्धको पक्षमा उभिनु हो

युक्रेनका विदेशमन्त्री डिमित्रो कुलेबाले रुसी उर्जा खरिख गर्नु भनेको युद्धको पक्षमा उभिने सरह रहेको भन्दै आक्रोश व्यक्त गरेका छन्। पश्‍चिमा मुलुकहरुले रुसी उर्जा खरिद नरोकेपछि आक्रोश व्यक्त गरेका हुन्।
 |  बिहीबार, चैत २४, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, चैत २४, २०७८

किभ- युक्रेनका विदेशमन्त्री डिमित्रो कुलेबाले रुसी उर्जा खरिख गर्नु भनेको युद्धको पक्षमा उभिने सरह रहेको भन्दै आक्रोश व्यक्त गरेका छन्। पश्‍चिमा मुलुकहरुले रुसी उर्जा खरिद नरोकेपछि आक्रोश व्यक्त गरेका हुन्। 

उनले भने, 'पश्‍चिमी मुलुकहरुले एकातिर युक्रेनलाई समर्थन गरेको बताइरहेका छन्। अर्कोतर्फ रुसी तेल र ग्यास खरिद गरेर रुसले गरिरहेको आक्रमण र युद्धलाई समर्थन गरिरहेका छन्।' 

उनले पश्‍चिमा मुलुकहरुले रुसमाथि प्रतिबन्ध लगाउँदा युद्धको नकारात्मक परिणाम ल्याउने भएकोले रुसमाथि पूर्ण प्रतिबन्ध लगाउन पश्‍चिमा मुलुकहरुलाई आग्रह गरेका हुन्। 

रुसी सेनालाई रोक्नका लागि युक्रेनले अझै धेरै गर्नुपर्ने बताएका छन्। उनले पश्‍चिमा मुलुकहरुले रुसमाथि प्रतिबन्ध लगाउँदा कम क्षति हुने भए पनि अहिले भइरहेको प्रयास अपर्याप्त भएको बताएका छन्। 

उनले नाटोलाई रुसी राष्ट्रपति भलादिमिर पुटिनको कदमलाई जतिसक्दो चाँडो रोक्‍ने विषयमा निर्णय गर्न आग्रह गरेका छन्। अमेरिका र बेलायतले रुसमाथि नयाँ प्रतिबन्ध लगाउन सहमति जनाए पनि ईयूका सदस्य राष्ट्रहरुले भने यस विषयमा अझै निर्णय गरिसकेका छैनन्। 

kumari

    

प्रकाशित: Apr 07, 2022| 19:48 बिहीबार, चैत २४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।