मंगलबार, साउन २६, २०८३

नाबालिग बलात्कारका अभियुक्तलाई अदालतको सफाइ

नाबालिग किशोरीमाथि बलात्कार गरेको आरोप लागेका व्यक्तिलाई कास्की जिल्ला अदालतले सफाइ दिएको छ।
 |  बिहीबार, चैत २४, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, चैत २४, २०७८

पोखरा- नाबालिग किशोरीमाथि बलात्कार गरेको आरोप लागेका व्यक्तिलाई कास्की जिल्ला अदालतले सफाइ दिएको छ। पोखराका व्यवसायी सुन्दर श्रेष्ठलाई बलात्कार आरोप लागेपनि अदालतले सफाइ दिएको हो। यस्तै यौन दुर्व्यवहार आरोप लागेका बैंकर सुवास सुवेदीलाई पनि अदालतले सफाइ दिएको हो।

न्यायाधीश बाबुराम सुवेदीको इजलासले बुधबार अभियोग दाबी नपुग्ने भन्दै दुवै जनालाई सफाइ हुने फैसला सुनाएको हो। 

श्रेष्ठ पोखरा उपत्यका नगर विकास समितिको अध्यक्षको हैसियतमा रहँदारहँदै बलात्कार आरोपमा २०७५ चैतमा पक्राउ परेका थिए। श्रेष्ठसँग एनआइसी एसिया बैंक पर्स्याङ शाखा प्रमुख सुवेदी पनि पक्राउ परेका थिए। 

श्रेष्ठ पोखराको होटल दि कान्तिपुर र रत्नदेवी हाउसका कार्यकारी अध्यक्ष हुन्। उनी क्षेत्रीय होटल संघ, पोखरा पर्यटन परिषद्, रोटरी क्लब अफ पोखरा लगायत संस्थाको समेत नेतृत्व गरिसकेका छन्।

बलात्कार आरोपमा पक्राउ परेपछि भएको थुनछेक बहसमा श्रेष्ठ ५ लाख धरौटीमा रिहा भएका थिए भने सुवेदी ३ लाख रुपैयाँ धरौटीमा छुटेका थिए। 

लेकसाइडमा बस्दै आएकी १६ वर्षीय नाबालिगले श्रेष्ठले आफूमाथि पटकपटक बलात्कार गरेको भन्दै प्रहरीमा जाहेरी दिएकी थिइन्। नाबालिगले आश्रय लिएकै घरसँग श्रेष्ठको घर जोडिएको छ।

नाबालिग सुत्ने कोठामा झ्यालबाट छिरेर श्रेष्ठले पटक/पटक बलात्कार गरेको उनले बयानमा बताएकी थिइन्। 'पीडितले ‍हामीसँग जे बयान दिएकी थिइन्। अदालतमा पुग्दा त्यो भन्दा थोरै फरक दिइन्,' पीडितको पक्षमा बहस गरेका जिल्ला न्यायाधिवक्ता रुद्रप्रसा सुवेदीले नेपाल समयसँग भने, 'अदालतले कुन आधारमा सफाइ दियो भन्ने कुरा फैसलाको पूर्णपाठ आएपछि थाहा हुन्छ। तर हामीलाई यो फैसला चित्त बुझेको छैन। हामी पुनरावेदन जान्छौँ।' 

जिल्ला अदालतले उक्त आदेश दिएसँगै पीडित नाबालिग 'होस्टाइल' भएको हुन सक्ने आशंका गरिएको छ। फैसलाको पूर्णपाठ सार्वजनिक भएको छैन।

प्रकाशित: Apr 07, 2022| 18:21 बिहीबार, चैत २४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।