शुक्रबार, फागुन २२, २०८२

चारजना रुसी कूटनीतिज्ञलाई देश छोड्न अष्ट्रियाको आदेश

अष्ट्रियाले आफ्नो देशमा रहेका चार जना रुसी कूटनीतिज्ञलाई देश छोड्न आदेश दिएको छ।
 |  बिहीबार, चैत २४, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, चैत २४, २०७८

भियना– अष्ट्रियाले आफ्नो देशमा रहेका चार जना रुसी कूटनीतिज्ञलाई देश छोड्न आदेश दिएको छ। उनीहरूले आफ्नो देशमा रहेर कूटनीतिक मूल्य मान्यता विपरीतका गतिविधि गरेको भन्दै अष्ट्रियाले उनीहरूलाई देश छाड्न आदेश दिएको हो। 

अष्ट्रियाको विदेश मन्त्रालयले दिएको जानकारी अनुसार देश छाड्न आदेश दिइएका व्यक्तिमध्ये तीन जना भियनास्थित रुसी दूतावासमा कार्यरत कर्मचारी रहेका छन्। अर्का एक जना भने पश्चिमी सहर साल्जबर्गमा रहेको कन्सुलेट जनरलमा कार्यरत कूटनीतिज्ञ रहेका छन्। 

उनीहरूलाई यही अप्रिल १२ सम्ममा अष्ट्रिया छोडिसक्नु पर्ने आदेश दिइएको विदेश मन्त्रालयका अधिकारीहरूले जनाएका छन्। युरोपेली देशहरूबाट गत सोमबारसम्ममा झण्डै २०० रुसी कूटनीतिज्ञहरूलाई देशनिकाला गरिसकिएको छ।

–रासस

प्रकाशित: Apr 07, 2022| 16:21 बिहीबार, चैत २४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।