आइतबार, असार ७, २०८३
  • गृहपृष्ठ
  • समाज
  • महँगो बाइक सस्तोमा बेच्दै गिरोह : ५ लाख पर्ने बुलेट डेढ लाखमै!

महँगो बाइक सस्तोमा बेच्दै गिरोह : ५ लाख पर्ने बुलेट डेढ लाखमै!

अफर सुनेर थापा आश्चर्यमा परे। अफर गर्ने ती व्यक्तिले जब ‘नामसारी पछि आएर गर्दिन्छु, अहिले पैसा अर्जेन्ट छ, गाउँ जानु छ’ भनेपछि उनलाई शंका लाग्यो। त्यही शंका उनले प्रहरीलाई सुनाए।
 |  बिहीबार, चैत २४, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, चैत २४, २०७८

काठमाडौं- 

National life

'कसैले तपाईंलाई महँगो मूल्यको मोटरसाइकल अत्यन्तै सस्तो मूल्यमा बेच्न खोज्दैछ? यदि त्यसो छ भने फुरुक्क भएर किनिनहाल्नुस् है!' उपत्यकामा यतिखेर भारतबाट भन्सार छलेर अथवा चोरेर ल्याएर मोटरसाइकल सस्तो मूल्यमा बेच्ने धन्दा मौलाएको छ। 

महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरी टोलीले त्यसरी बेच्न राखिएको सात थान बुलेट मोटरसाइकल बेवारिसे अवस्थामा बरामद गरेपछि यो धन्दाको रहस्य खुलेको हो। 

५ लाख पर्ने बुलेट डेढ लाखमै!

दुई साताअघि कोटेश्वर बस्ने रविराम थापा (नाम परिवर्तन)लाई वर्कसपमा भेटिएका एक व्यक्तिले गज्जबको अफर गरे, ‘दाइ, मलाई पैसा अर्जेन्ट छ,  मसँग नयाँ बुलेट बाइक छ, डेढ लाखमै बेच्छु, किन्नुहुन्छ?’

Shivam cement

अफर सुनेर थापा आश्चर्यमा परे। अफर गर्ने ती व्यक्तिले जब ‘नामसारी पछि आएर गर्दिन्छु, अहिले पैसा अर्जेन्ट छ, गाउँ जानु छ’ भनेपछि उनलाई शंका लाग्यो। त्यही शंका उनले प्रहरीलाई सुनाए। 

‘धेरैले यस्तो मोटरसाइकल सस्तोमा बेच्न खोजेको सूचना हामीकहाँ लगातार आइरह्यो,’ अपराध महाशाखाका प्रवक्ता एसपी कृष्णप्रसाद कोइरालाले भने, ‘बुझ्दै जाँदा त ती मोटरसाइकल भारतीय नाकाबाट चोरी पैठारी गरी नेपाल ल्याइएको देखियो। नम्बर प्लेट पनि नक्कली। यो धन्दामा ठूलो समूह सक्रिय देखिन्छ। हामी अनुसन्धानकै चरणमा छौं।’ 

महाशाखाका अनुसार अहिले बरामद भएका बुलेट बाइक करिब २१ लाख बराबरका हुन्। बरामद भएका मोटरसाइकलहरु विभिन्न ठाउँमा वेवारिसे अवस्थामा थिए। कतै मोटरसाइकल ग्यारेज, कतै रोडमा त कतै पार्किङ जोनमा। 

‘सबैभन्दा सुरुमा ती बाइकहरुको नम्बर प्लेट भेरिफाइ गर्‍यौँ,’ महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी वसन्त कुँवरले भने, ‘नम्बर प्लेट नक्कली पाए पनि हामीले बाइक उठाएनौं। ती बाइक ल्याउने गिरोह भेटिएला कि भनेर निरन्तर निगरानी गर्‍यौं। हप्तौंसम्म पनि उनीहरु नआएपछि बाइक उठाएर ल्यायौं। हाम्रो अपरेसन रोकिएको छैन। हामी यसमा संलग्न गिरोहको खोजी गरिरहेका छौं।’

‘विदेशमा छु, पछि आएर पास गर्दिन्छु’ 

बरामद सात बुलेटमध्ये एक मोटरसाइकल बिक्रीसमेत भइसकेको पाइएको छ। एक पीडित युवा आफूले उक्त मोटरसाइकल तीन लाखमा ‘डिल’ गरेको भन्दै महाशाखाको सम्पर्कमा आएका छन्।

'यो त नक्कली नम्बर प्लेट हो' भनेपछि बाइक खरिद गर्ने ती युवा अहिले छाँगाबाट खसेझैँ भएका छन्। ‘तीन लाखमा बेच्ने कुरा भएको रहेछ, दुई लाख दिइसकेछन्,’ एसपी कोइरालाले भने, ‘बाइक देखाउन, पैसा लिन एजेन्ट खटाएछन्। आफू चाँहि ‘म विदेशमा छु, बिलबुक मसँगै छ, फर्किनेबित्तिकै पास गर्दिन्छु, त्यहीबेला बाँकी रकम दिनुहोला’ भनेपछि उनले विश्वास गरेछन्।’

अब मोटरसाइकल खरिद गर्दा सचेत हुन महाशाखाका प्रमुख एसएसपी कुँवरको आग्रह छ। ‘सस्तोमा पाए भन्दैमा लिइहाल्नुभएन। चोरीको हुनसक्छ, राम्रोसँग भेरिफाइ गरेरमात्रै लिनुहोला,’ सर्वसाधारणसँग उनको आग्रह छ। 

प्रहरीले बरामद भएका मोटरसाइकलहरु आवश्यक कारबाहीका लागि त्रिभुवन अन्तराष्ट्रिय भन्सार कार्यालय गौचरण पठाएको छ। 

यी हुन् बरामद भएका मोटरसाइकलका नम्बर

१.सु.प.प्र ०१–००९ प २०५०

२.से.७ प.८४८९ 

३.प्र.०१–०४९ प ३३२६ 

४.बा.४९ प ९३२२ 

५.बा.प्र.०२–०२३–२४७४ 

६.सु.प्र.प्र.०१–००९प.५१६६

७.सु.प.प्र.०१–००८ प.५५९

प्रकाशित: Apr 07, 2022| 15:23 बिहीबार, चैत २४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।