शुक्रबार, फागुन २२, २०८२

चेक रिपब्लिकले युक्रेन पठायो सैन्य सामग्री

रुसविरुद्ध लडिरहेको युक्रेनको सहयोगका लागि चेक रिपब्लिकले सैन्य सामग्री पठाएको छ। स्थानीय समाचार संस्थाका अनुसार चेकको जिह्लाभा सहरबाट सैन्य सहयोगका सामग्री बोकेका ट्यांकर युक्रेनका लागि छुटेको हुन्।
 |  बिहीबार, चैत २४, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, चैत २४, २०७८

प्राग- रुसविरुद्ध लडिरहेको युक्रेनको सहयोगका लागि चेक रिपब्लिकले सैन्य सामग्री पठाएको छ। स्थानीय समाचार संस्थाका अनुसार चेकको जिह्लाभा सहरबाट सैन्य सहयोगका सामग्री बोकेका ट्यांकर युक्रेनका लागि छुटेको हुन्। 

चेकका रक्षामन्त्री जना सेरनोकोभाले आवश्यक सैन्य सामग्री युक्रेन पठाउन लागिएको जानकारी गराएका थिए। ब्रसेल्समा भएको उत्तर एटलान्टिक सन्धि संगठन (नाटो)का विदेशमन्त्रीहरूलाई सम्बोधन गर्दै चेकका विदेशमन्त्रीले यस्तो बताएका थिए। यद्यपि केकस्ता सामग्री कसरी पठाइएको भन्ने विषयमा खुलाइएको छैन। 

नाटोका महासचिव जेन्स स्टोल्टेनबर्गले नाटो देशहरूले महत्वपूर्ण सहयोग गर्न लागेको दाबी गरेका छन्। 

चेक सन् १९९९ मा नाटोमा आवद्ध भएको देश हो। युक्रेन पठाइएका सैन्य ट्यांकहरू सोभियत संघ वा रुसमा नै बताइएको बताइएको छ।  

प्रकाशित: Apr 07, 2022| 15:08 बिहीबार, चैत २४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।