बुधबार, कात्तिक ११, २०८३

कोरोना महामारीपछि नेपथ्यको पहिलो कन्सर्ट हुँदै

चर्चित सांगीतिक समूह नेपथ्य पुनः प्रशंसकसम्म पुग्ने तयारीमा जुटेको छ। नेपथ्यले कोरोना महामारीपछि पहिलोपटक कन्सर्ट गर्न लागेको हो।
 |  बिहीबार, चैत २४, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, चैत २४, २०७८

काठमाडौं– चर्चित सांगीतिक समूह नेपथ्य पुनः प्रशंसकसम्म पुग्ने तयारीमा जुटेको छ। नेपथ्यले कोरोना महामारीपछि पहिलोपटक कन्सर्ट गर्न लागेको हो।

कन्सर्ट झापाको दमकमा हुने भएको छ। आउँदो वैशाख १ गते दमकको सरस्वती माध्यमिक विद्यालयको प्रांगणमा कन्सर्ट हुने तय भएको नेपथ्यको व्यवस्थापक नेपालयले जनाएको छ। ‘यसपालि हामीले संगीतप्रेमी दर्शक उत्तिकै भव्यतापूर्वक उभ्याउने तयारी गरेका छौं। नेपथ्यप्रेमीलाई नयाँपन महसुस गराउने हाम्रो जमर्को हुनेछ,’ नेपालयका किरणकृष्ण श्रेष्ठले भने।

नेपथ्यका गायक अमृत गुरुङले नयाँ वर्षको दिन दमकमा हुने आफूहरूको कन्सर्टले नयाँ दिनको स्वागत गरी कोरोनाकालमा भएका तिता अनुभवलाई बिर्साउन महत्त्वपूर्ण भूमिका खेल्ने बताए। कन्सर्टमा नेपथ्यका चर्चित गीत र केही नयाँ प्रस्तुति दिने तयारी छ।

प्रकाशित: Apr 07, 2022| 14:47 बिहीबार, चैत २४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।