आइतबार, असार ७, २०८३
  • गृहपृष्ठ
  • समाज
  • काठमाडौं फोहोरको थुप्रो भएको छ, धरानले जस्तै व्यवस्थापन गर्नूस् : प्रधानमन्त्री देउवा

काठमाडौं फोहोरको थुप्रो भएको छ, धरानले जस्तै व्यवस्थापन गर्नूस् : प्रधानमन्त्री देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले काठमाडौं जस्तो सुन्दर सहरमा जताततै फोहोरको थुप्रो भएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्।
 |  बिहीबार, चैत २४, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, चैत २४, २०७८

काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवाले काठमाडौं जस्तो सुन्दर सहरमा जताततै फोहोरको थुप्रो भएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्। बिहीबार विश्व स्वास्थ्य दिवसको अवसर पारेर काठमाडौंमा आयोजित टाइफाइडविरुद्धको खोप अभियान सञ्चालनको शुभारम्भ गर्दै प्रधानमन्त्री देउवाले उपत्यकाको फोहोर व्यवस्थापन गर्न निर्देशनसमेत दिएका छन्। 

National life

'काठमाडौं जस्तो सुन्दर शहर अहिले जताततै फोहोरको थुप्रो भएको छ। यो हामी नेपालीको लागि बेइज्जत लाजमर्दो कुरा हो। काठमाडौंलाई क्लिन, ग्रिन बनाउन जरुरी छ। त्यसलाई व्यवस्थापन गरे मात्र पनि रोगको संक्रमण कम हुन्छ। के के सहयोग चाहिन्छ सरकारले गर्न तयार छ। फोहोर व्यवस्थापन गर्नुहोस्। यसलाई डम्पिङ साइट भन्दा पनि यसलाई ट्रिटमेन्ट प्लान्ट गरेर पनि यसबाट फाइदा लिऔँ,’ प्रधानमन्त्री देउवाले भने। 

फोहोरबाट बिजुली र ग्यास उत्पादन गरेर फोहोर व्यवस्थापन गर्नुपर्ने उनको धारणा छ। प्रधानमन्त्री देउवाले धरानमा फोहोरबाट बिजुली र ग्याँस उत्पादन गरी टेम्पो लगायतका साना सवारीसाधन सञ्चालन गरिएको भन्दै काठमाडौंको फोहोरलाई पनि त्यसैगरी व्यवस्थापन गर्न सम्बन्धित निकायलाई निर्देशन दिए। उनले फोहोर व्यवस्थापन गर्नका लागि सरकारबाट चाहिने सहयोग गर्न आफू प्रतिबद्ध रहेको पनि बताए। 

'म केही दिनअघि धरान गएको थिएँ। त्यहाँ ट्रिटमेन्ट प्लान्ट राखेर फोहोर व्यवस्थापन गरेर ग्यास निकालेर वितरण गरिएको थियो। त्यसले टेम्पो जस्ता साना सवारीसाधनहरु चलाउने व्यवस्थापन गरेको देखेँ मैले। त्यसकारण यसको व्यवस्थापन गरेर त्यसको ट्रिटमेन्ट गरेर फोहोर व्यवस्थापन र बिजुली, ग्यास निकाल्न सकिने सम्भावना बढेको छ। यो काम नेपाल आफैँले गर्नसक्छ। विदेशी पनि लगानी गर्न तयार छन्,' देउवाले भने। 

प्रधानमन्त्री देउवाले बालबालिकालाई लगाइने खोप अभियानमा टाइफाइड समावेश गरेसँगै नेपाल दक्षिण एसियामा टाइफाइडविरुद्धको खोप अभियान सञ्चालन गर्ने पहिलो मुलुक बनेको छ। 

Shivam cement

प्रकाशित: Apr 07, 2022| 14:34 बिहीबार, चैत २४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।