शुक्रबार, फागुन २२, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • श्रीलंकाका राष्ट्रपतिद्वारा संकट निवारणका लागि सल्लाहकार समूह गठन

श्रीलंकाका राष्ट्रपतिद्वारा संकट निवारणका लागि सल्लाहकार समूह गठन

देशमा आर्थिक संकट टार्न तत्काल गर्नुपर्ने र दीर्घकालका लागि गर्नुपर्ने काम तथा निर्णयका बारेमा सल्लाह लिन समूह गठन गरिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ।
 |  बिहीबार, चैत २४, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, चैत २४, २०७८

कोलम्बो- श्रीलंका राष्ट्रपति गोटाबाय राजापाक्षेले देशको आर्थिक संकट निवारणका लागि सल्लाहकार समूह गठन गरेका  छन्।

देशमा आर्थिक संकट टार्न तत्काल गर्नुपर्ने र दीर्घकालका लागि गर्नुपर्ने काम तथा निर्णयका बारेमा सल्लाह लिन समूह गठन गरिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ। 

सल्लाहकार समूहसँग उनले निरन्तर छलफल गर्दै सरकारी कदम अगाडि बढाउने अधिकारीहरुले जनाएका छन्। उनले गठन गरेको सल्लाहकार समूहमा श्रीलंकाको केन्द्रीय बैंकका पूर्व गभर्नर इन्द्रजित कुमारास्वामी, विश्व बैंकका पूर्व प्रमुख अर्थशास्त्री शान्त देवराजन लगायतका अर्थविद्हरु रहेका छन्।

सल्लाहकार समूहले विश्व मुद्रा कोषसँग पनि सहयोग र सहकार्यका लागि निरन्तर पहल गर्ने जिम्मेवारी पाएको छ।    सिन्ह्वा

प्रकाशित: Apr 07, 2022| 13:42 बिहीबार, चैत २४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।