सोमबार, वैशाख १४, २०८३

किएभबाट रुसी सेना फिर्ता भएको अमेरिकी भनाइ

अमेरिकी रक्षा अधिकारीले किएभ र चेर्निहिभ क्षेत्रबाट रुसी सेना फिर्ता भएको जनाएको छ। रुसी फौज किएभ र चेर्निहिभ नजिकका क्षेत्रबाट फिर्ता हुने प्रक्रिया सम्पन्न भएको पेन्टागनका एक अधिकारीले बताएका छन्।
 |  बिहीबार, चैत २४, २०७८

बीबीसी

बीबीसी

बिहीबार, चैत २४, २०७८

काठमाडौं- अमेरिकी रक्षा अधिकारीले किएभ र चेर्निहिभ क्षेत्रबाट रुसी सेना फिर्ता भएको जनाएको छ। रुसी फौज किएभ र चेर्निहिभ नजिकका क्षेत्रबाट फिर्ता हुने प्रक्रिया सम्पन्न भएको पेन्टागनका एक अधिकारीले बताएका छन्।

National life

किएभ र चेर्निहिभ वरपर रुसी फौज नदेखिएको पेन्टागनका प्रवक्ता जोन किर्बीले बताए। उनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नो 'रणनीतिक लक्ष्यको शून्य उपलब्धि हासिल' गरेको दाबी गरेका छन्।

पुटिनले थोरै जनसङ्ख्या भएका केन्द्र मात्र नियन्त्रणमा लिएको उनले बताए।  उनीहरूले खार्किभ पनि लिन सकेको जोनको दाबी छ।

पेन्टागनका एक उच्च अधिकारीले नाम नखुलाउने सर्तमा रुसी फौजहरू भविष्यमा किएभतर्फ फर्कन सक्ने बताएका छन्।

इन्स्टिच्युट फर स्टडी अफ वारले किएभबाट फर्किएको रुसी सेनाले 'केही समयसम्म पुनः सैन्य प्रभावकारिता हासिल गर्ने सम्भावना कम' रहेको बताएको छ।

kumari

समाचार एजेन्सी एपीले अमेरिकी रक्षा अधिकारीलाई उद्धृत गर्दै युक्रेनबाट कम्तीमा २४,००० रुसी फौज फिर्ता भएको जनाएको छ।

प्रकाशित: Apr 07, 2022| 10:59 बिहीबार, चैत २४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।